Prakash Adhikari October 8, 2025

धरान(सुनसरी), २२ असोज । धरानको श्रम संस्कृति पार्क सर्दु खोलाको बाढीले बगाएको छ।

मेयर हर्क साम्पाङ् राईले कुनै वातावरणीय संभाव्यता नगराई खोला छेउमा निर्माण गराउनुभएको श्रम पार्कमा बेलायत र हङकङका लाहुरेका करोडौं रकम चन्दा परेको थियो ।

नगरबासीको श्रमदान र धरान बाट विदेसिएका नेपालीको चन्दाले बनेको पार्क बगेसंगै लाहुरेहरुले खन्याएको पैसा जम्मै खोलाको पानीसंगै बगेको छ ।

Share Now