Prakash Adhikari August 17, 2018

इस्लामावाद(पाकिस्तान),१ भदौ । पूर्वक्रिकेटर इमरान खान पाकिस्तानको २२ औंं प्रधानमन्त्री निर्वाचित भएका छन्। शुक्रबार पाकिस्तानको राष्ट्रिय सभामा भएको चुनावमा उनले १७६ मत ल्याए । उनका प्रतिद्वन्द्वी पाकिस्तान मुस्लिम लिग (नवाज) का उम्मेदवार सेहबाज सरिफले ९६ भोट पाए।

नवनिर्वाचित प्रधानमन्त्री खानले शनिबार पद तथा गोपनियताको सपथ लिने छन्।

सन् १९९२ मा पाकिस्तानलाई विश्वकप क्रिकेटको उपाधि दिलाउने ६५ को उमेरमा पाकिस्तानको राजनीतिक कप्तान बनेका छन् ।

सन् १९९६ मा इमरानले खोलेको नयाँ पार्टी खोले( पाकिस्तान तेहरीक ए इन्साफ अर्थात् न्यायका लागि आन्दोलन यो बर्ष भएको निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बन्यो ।

उनले पाकिस्तानी राजनीतिमा भ्रष्टाचार र वंशवादको मुद्दा उठाए। उनले उठाएको वंशवाद बेनजिर भुट्टो र भ्रष्टाचारको मुद्दा व्यापारी हुँदै राजनीतिमा आएका नवाज सरिफविरूद्ध लक्षित थियो।

१९६७ मा जुल्फिकर अली भुट्टोले स्थापना गरेको पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) ले सन् १९७० को चुनावपछि सत्ता सम्हाल्यो। जुल्फिकर प्रधानमन्त्री बने।

पिपिपीले अर्को चुनाव सन् १९८८ मा जित्यो। भुट्टोकी छोरी बेनजिर प्रधानमन्त्री भइन्।

१९९३ को चुनाव पनि पिपिपीले जित्यो। बेनजिर फेरि प्रधानमन्त्री बनिन्।

सन् २००८ को चुनावबाट पिपिपीका युसुफ राजा गिलानी प्रधानमन्त्री बने। बेनजिरका श्रीमान् असिफ अलि जर्दारी राष्ट्रपति भए।

यसपालि पिपिपीबाट बेनजिरका छोरा बिलवाल भुट्टो जर्दारी प्रधानमन्त्रीका उम्मेद्वार थिए।

स्थापनाकालदेखि नै पाकिस्तानको सत्ता सम्हाल्दै आएको मुस्लिम लिग ८० को दशकमा विभाजित भयो। नवाज सरिफले आफ्नो नेतृत्वमा पाकिस्तान मुस्लिम लिग(नवाज) बनाए।

उनको पार्टीले पहिलो पटक सन् १९८८ को चुनाव लड्यो। यो पार्टीले तीन पटक सत्ता सम्हाल्यो। तीनै चोटी नवाज सरिफ प्रधानमन्त्री बने।

पछिल्लो पटक स्पष्ट बहुमत ल्याएर सन् २०१३ मा प्रधानमन्त्री बनेका सरिफलाई गत वर्ष अदालतले भ्रष्टाचारमा दोषी ठहर्‍याउँदै प्रधानमन्त्री हुन अयोग्य घोषणा गर्‍यो। गत महिना उनलाई १० वर्षका लागि जेल हालियो।

पिपिपीको वंशवाद र सरिफ शासनकालको भ्रष्टाचारबाट दिक्क पाकिस्तानीमाझ इमरानले आफूलाई उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरे।

इमरानले २२ वर्षको सक्रिय राजनीतिमा पाकिस्तानमा धेरै पसिना बगाएका छन्। सन् २००२ मा चुनाव लड्दा इमरानबाहेक उनको पार्टीका सबै उम्मेदवार पराजित भए। २००८ को चुनाव उनले बहिष्कार गरे।सन् २०१३ को चुनावमा उनको पार्टीले केन्द्रीय संसदमा ३२ सिट पायो भने उत्तर पश्चिमी खाइबर पाख्तुन्ख्वा प्रान्तमा सरकार बनायो।

‘पाकिस्तानको मुख्य मुद्दा भ्रष्टाचार र सुशासन हो। मलाई विश्वास छ चुनावी अभियानमार्फत् मतदाताको ठूलो अनिर्णित समूह पिटिआईतिर आकर्षित हुनेछन्,’ चुनावअघि इमरानले बिबिसीसँग भनेका थिए।

उनले पार्टी अभियानलाई युवालक्षित बनाए।

इमरानका ‘नयाँ पाकिस्तान’ र ‘भ्रष्टाचाररहित पाकिस्तान’ को नारामा आकर्षित आजको युवा पुस्ताले उनले क्रिकेट खेलेको युट्युबमा मात्र हेरेका छन्।

पाकिस्तानको ७० प्रतिशत जनसंख्या ३० वर्षमूनिकाको छन्।

तिनै युवालाई आकर्षित गर्न उनी चुनावी र्‍यालीमा गितारिस्ट र डिजे पनि सँगै लैजान्थे।

युवाहरुको चाहनालाई समेट्दै उनी यसपटक देशको प्रधानमन्त्री बन्न सफल भए ।

Share Now

Leave a comment.