Prakash Adhikari October 17, 2025

मस्कट(ओमान), ३१ असोज । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट प्रतियोगिताको अन्तिम खेलमा आज नेपाली राष्ट्रिय टिम दक्षिणी प्रशान्त महासागरीय द्धिप सामोआसंग खेल्दै छ ।

खेलमा नेपाल टस जितेर पहिला ब्याटिड. रोजेको छ ।

नेपालले आफ्नो अविजित यात्रा जारी राख्न र ट्रफीका लागि खेल्दैछ भने सामोआ सुपरसिक्समा आफ्नो पहिलो जितको लागि खेल्नेछ।

दुई खेल बाँकी हुँदा नै विश्वकपमा छनोट भइसकेको नेपाल ८ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ। सामोआले भने अहिलेसम्म कुनै अंक जोड्न सकेको छैन।

अन्तिम चरणको छनोट प्रतियोगिताका खेलहरु समाप्त हुनुपूर्व नै अंकतालिकाको आधारमा नेपाल, ओमान र यूएईले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी २० विश्वकपमा स्थान सुनिश्चित गरिसकेका छन् ।

नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो । त्यस्तै सुपर सिक्सको पहिलो खेलमै यूएईमाथि १ रनको रोमाञ्चक जित निकालेको थियो भने त्यसपछि दोस्रो खेलमा कतारसँग ५ रनको जित निकालेको थियो । सुपरसिक्स चरणको तेस्रो खेलमा नेपालले ओमानमाथि ३८ रनको जित निकालेको थियो । नेपाल हालसम्म ८ अंक सहित अंकतालिकाको शीर्षमा रहेको छ । आज समोआसंगको खेल सुपरसिक्स चरणको अन्तिम खेल हो । यो खेल जितेपछि नेपालले आईसीसी टी २० विश्वकप एशिया तथा पूर्वी एशिया प्रशान्त छनोटको उपाधि जित्ने छ ।

Share Now