Prakash Adhikari August 18, 2018

जुरिच(स्वीजरल्याण्ड), २ भदौ(बीबीसी) । संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी आननको स्वीट्जरल्याण्डको एक अस्पतालमा निधन भएको छ।

संयुक्त राष्ट्रसंघका भूतपूर्व महासचिव कोफी आननको स्वीट्जरल्याण्डको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

८० वर्षीय आनन बिरामी परेपछि अस्पतालमा उपचार भइरहेको थियो।

प्रतिबद्ध

आनन
उनको निधनबारे पुष्टि गर्दै उनको परिवारले उनी एक विश्वव्यापी राजनेता भएको जो आफ्नो जीवनभर अझ समान तथा शान्तिपूर्ण विश्वका लागि गहिरो रूपमा प्रतिबद्ध रहेको बताएको छ।

संयुक्त राष्ट्रसंघको सबैभन्दा उच्च पदमा पुग्ने उनी पहिलो अश्वेत अफ्रिकी हुन्।

आनन
सन् १९९७ देखि २००६ को बीचमा दुई पटकसम्म उनले महासचिवको कार्यभार सम्हालेका थिए।

सन् २००१ मा उनलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो।

Share Now

Leave a comment.