Prakash Adhikari October 24, 2025

ढाका(बंगलादेश), ७ कार्तिक। नेपालले काभा कप पुरुष भलिबल (काभा कप फर मेन)मा पहिलो जित निकालेको छ।

ढाकास्थित इन्डोर हलमा शुक्रबार सम्पन्न तेस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। पहिलो खेलमा तुर्कमेनिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो।

दोस्रो खेलमा पनि बंगलादेशसँग ३–२ को सेटमा हार बेहोर्न पुगेको थियो। योसँगै नेपालले चार अंक पुर्‍याएको छ।

Share Now