Prakash Adhikari October 28, 2025

 

बेनी(म्याग्दी) ११ कात्तिक। अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक लगाइएको छ । सो क्षेत्रमा वर्षा र हिमपात भैरहेकाले पदयात्रामा रोक लगाइएको हो ।

सो क्षेत्रमा पदयात्रामा रहेका पर्यटकहरु तल झर्न र माथि जान पनि सकिरहेका छैनन् । पदयात्रा मार्गमा नै फसेका उनीहरुलाई उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय उद्धारकर्मी सहितको टोली खटिएको छ । सो टोली अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरी परिचालित भएको हो ।

उद्धार टोलीका एक सदस्य इन्द्र शेरचन थकालीले विभिन्न स्थानमा मानिसहरु फसिरहेको सूचना पाएकाले तिनीहरुलाई उद्धारका लागि आफूहरु स्वःस्फूर्त रुपमा परिचालित भएको जानकारी दिनुभएको छ।

अन्नपूर्ण गाउँपालिकाले आवश्यक सहयोग वा सूचना चाहिएमा प्रहरी कन्ट्रोलको १०० नम्बर वा नजिकको प्रहरी वा अन्नपूर्ण गाउँपालिकाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न भनेको छ ।

Share Now