Prakash Adhikari October 30, 2025

काठमाडौं, १२ कार्तिक । एभरेष्ट बैंक लिमिटेडको ३१ औं वार्षिक साधारण सभा कात्तिक १२ गते बुधबार सम्पन्न भएको छ । सभाले शेयरधनीहरुका लागि ६ प्रतिशत बोनस शेयर १४ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । त्यस्तै, आ।व। २०८२-८३ को लागि जि।पि। राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।

Share Now