Prakash Adhikari October 30, 2025

 

दुबाइ(युएई), १३ कार्तिक। कप्तान रोहितकुमार पौडेलको शतकसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ युएईलाई २३४ रनको मध्यम लक्ष्य दिएको छ।

आईसीसी एकेडेमी, दुबईमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको हो।

नेपालका कप्तान रोहितले सर्वाधिक १०९ रन बनाए। १३० बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे।

उनको यो करिअरको दोस्रो शतक हो। यसअघि उनले २५ मार्च २०२२ मा कीर्तिपुरमा भएको खेलमा पपुवा न्यू गिनीविरुद्ध १२६ रनको इनिङ्स खेलेका गिए।

त्यसको ३ वर्ष ७ महिना ५ दिनपछि उनले पुनस् आफ्नो ब्याटमार्फत शतक बनाएका हुन्।

Share Now