Prakash Adhikari August 20, 2018

 

काठमाण्डौ, ४ भदौ । सानिमा लाइफ इन्स्योरेन्सले एकैपटक १५२ कर्मचारी मागेको छ।

सानिमा लाइफ इन्स्योरेन्सले १२ वटा पदका लागि एकैपटक १५२ कर्मचारी माग गरेको छ ।

यो कम्पनीले ब्राञ्च म्यानेजरमा २७ कर्मचारी मागेको छ । बित्तीय संस्थामा २ वर्षको अनुभव प्राप्त गरेको र स्नातक उत्तीर्णयले ब्राञ्च म्यानेजरको पदमा आवेदन दिनसक्ने बताइएको छ ।

सानिमाले इन्स्टीच्यूसनले सेल्सका लागि एकजना अफिसर, २१ जना विजिनेश डेभलपमेन्ट अफिसर्स, थप एकजना पनि विजिनेश डेभलपमेन्ट अफिसर, एकजना माइक्रो इन्स्योरेन्स अफिसर, एकजना टेनिंग अफिसर, एकजना अण्डरराइटिंग अफिसर र ३३ जना मार्केटिंग अफिसर मागेको छ ।

यसैगरी, कर्पोरेट अफिसमा काम गर्ने गरी एचआर तथा एडमिन असिस्टेन्टको रुपमा १ जना, शाखा कार्यालयका लागि कस्टूमर सर्भिस एक्जुकेटिभ ३४ जना, सब ब्राञ्च एक्जूकेटिभमा २१ जना, बैंकासुरेन्स अफिसरमा १० जना कर्मचारी मागिएको छ ।

सानिमा लाइफले काठमाण्डौ, इटहरी, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, बनेपा, धनगढी, विर्तामोड, वीरगञ्ज र दाङमा खुल्ने शाखाका लागि कर्मचारी मागेको देखिन्छ ।

इच्छुकले अगस्ट ३१ गतेभित्र आवेदन दिइसक्नुपर्ने सूचनामा उल्लेख छ ।

Share Now

Leave a comment.