काठमाण्डौ,४ भदौ । नवील बैंक लिमीटेडले एकैसाथ माग गरेको १२५ विभिन्न पदकालागि आवेदन गर्ने अन्तिम समय आउन लागेको छ । यी पदमा आवेदन गर्ने अन्तिम मिति भदौ ६ गते रहेको छ ।
बैंकले ट्रेनी असिस्टेन्टको रुपमा १०० जना र म्यानेजमेन्ट ट्रेनीको रुपमा २५ फ्रेस कर्मचारी मागेको छ ।
अछाम, बैतडी, बझांग, डडेलधुरा, डोटी, जुम्ला, कालीकोट, सुर्खेत, सल्यान र रुपन्देही जिल्लाका गाउँपालिकाहरुमा निकट भविष्यमा स्थापना हुने बैंकका शाखाका लागि १०० ट्रेनी असिस्टेन्ट मागिएको बैंकले जनाएको छ ।
यो पदमा २५ वर्ष ननाघेका र सम्बन्धित बिषयमा स्नातक गरेकाले आवेदन दिनसक्नेछन् ।
यस्तै, बैंकले व्यवस्थापन, अर्थशास्त्र, तथ्यांकशास्त्र, फाइनान्स, लेखा लगायत सम्बन्धित बिषयमा स्नातकोत्तर गरी २८ वर्ष ननाघेको फ्रेस जनशक्तिले म्यानेजमेन्ट ट्रेनीका लागि आवेदन दिनसक्ने बैंकको सूचनामा उल्लेख छ ।