काठमाण्डौ,४ भदौ । बाणिज्य बैंकहरुमा आक्रामक ढंगले बजार विस्तारमा लागेको मेगा बैंक लिमिटेडले विभिन्न तहमा गरी माग गरेको ९८ रिक्त पदमा आवेदन गर्ने अन्तिम मिति आइपुग्न लागेको छ । बैंकले यी पदहरुमा भदौ ६ गतेभित्र आवेदन गर्न भनेको छ ।
बैंकले असिष्टेण्टदेखि म्यानेजर लेभलसम्मका विभिन्न पदमा ९८ कर्मचारी मागेको हो ।
बैकले सबैभन्दा बढी असिस्टेन्ट लेभलमा ७४ जना, अफिसर लेभलमा २३ जना र म्यानेजर लेभलमा १ कर्मचारी मागेको छ ।
म्यानेजर र अफिसर लेभलमा काम गर्न अनुभव चाहिनेछ भने असिस्टेन्ट पदमा भने जोशिला नयाँ उम्मेदवारले आवेदन दिन सक्नेछन् ।