Prakash Adhikari August 21, 2018

बेइजिड.(चीन) ५ भदौ(एजेन्सीहरु) । चीनको औपचारिक भ्रमणमा रहनुभएका मलेसियाका प्रधानमन्त्री मोहम्मद महाथिरले चिनियाँ ऋणमा बनाउने भनिएको पूर्वी तटीय रेल लिंक र दुई ग्यास पाइपलाइन परियोजना रद्द भएको घोषणा गर्नुभएको छ।

उहाँले मलेसियाको आर्थिक अवस्थाका कारण यो परियोजना अघि नबढाइने सहमति भएको बताउनुभयो ।

पाँच दिने चीन भ्रमणको अन्तिममा आयोजित पत्रकार सम्मेलनमा मलेसियाका प्रधानमन्त्री महाथिरले भन्नुभयो, ‘चीनले हाम्रो समस्या बुझ्यो र सहमति भयो ।’

सहमति रद्ध गर्दा क्षतिपूर्ति तिर्नुपर्ने भए तिर्ने भन्दै उहाँ भन्नुभयो, ‘हामी यो परियोजनाबाट बाहिर आउने तरिका खोज्छौं । यो हाम्रै मानिसहरुको मूर्खताले भएको हो ।’

पूर्वी तटीय रेल लिंक २० बिलियन डलर र ग्यास पाइप लाइन परियोजना २ बिलियनको परियोजना हो । यसका लागि चिनियाँ एक्जिम बैंकले ऋण दिने सहमति भएको थियो ।

सुशासनको लागि बृद्ध उमेरमा सत्ताको वागडोर सम्हाल्नुभएका मलेशियाका प्रधानमन्त्री महाथिरले भने सरकारको प्राथमिकता ऋण कम गर्नु भएको बताउनुभएको छ ।

Share Now

Leave a comment.