काठमाडौं, ५ भदौ । वित्तीय क्षेत्रमा रोजगारीको अवसर खोज्नेलाई आरम्भ माइक्रोफाइनान्सले मौका दिएको छ । आरम्भले प्रबन्धकदेखि प्रशिक्षार्थीसम्मका लागि बिज्ञापन खुला गरेको छ।
संस्थाले एक जना प्रबन्धक, एक जना सहायक प्रबन्धक, केही अधिकृत, केही कनिष्ठ अधिकृत, अधिकृत स्तरका केही बरिष्ठ सहायक, सहायक स्तरका केही बरिष्ठ सहायक र केही प्रशिक्षार्थी सहायककालागि कर्मचारी माग गरेको छ।
प्रबन्धक र सहायक प्रबन्धककालागि स्नातकोत्तर गरी कम्तिमा पनि दुर्इ वर्षको अनुभव या स्नातक गरेकाको हकमा ९ वर्षको कार्यानुभव हुनु पर्ने बताएको छ। अधिकृत स्तरकालागि स्नातक गरी दुर्इ वर्षको कार्यानुभव हुनु पर्नेछ।
बरिष्ठ सहायककालागि प्लस टु गरी कम्तिमा पनि दुर्इ वर्षको अनुभव हुनु पर्नेछ। प्रशिक्षार्थीकालागि एसएलसी उत्तीर्ण गरेको भए पुग्ने जनाएको छ।
माइक्रोफाइनान्सका अनुसार आवेदनकालागि भदौ १७ गतेसम्म उम्मेद्वारले निवेदन सहित ब्यक्तिगत विवरण संस्थाको इमेल ठेगानामा पठाउनु पर्नेछ।
संस्थाको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक रहेको छ। संस्थाले हाल २० वटा शाखा कार्यालय मार्फत विपन्न तथा न्युनत आय भएका घर परिवारलार्इ लघुवित्त सेवा प्रदान गर्दै आएको छ।
हेर्नुहोस् विज्ञापन :
https://drive.google.com/open?id=17ASGAuqRZULPyaK-sH3rSJKjA6M7Cc7c