Prakash Adhikari August 28, 2018

टोकियो(जापान),१२ भदौ । टोकियोको कोजावा पार्कमा शनिबारदेखि आयोजना गरिएको दुईदिने ११ औँ नेपाल फेष्टिवल भव्यता रुपमा सम्पन्न भएको छ।

डेढ लाखभन्दाबढी जापानमा रहेका नेपालीको सहभागिता रहेको नेपाल फेष्टिवल जापानस्थित नेपाली राजदूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले संयुक्त रुपमा आयोजना गरेका थिए ।

नेपाल आईडलका विजेता बुद्ध लामा, निसान भट्टराई, प्रताप दासको प्रस्तुतिले फेष्टिवललाई मनोरञ्जनात्मक बनाएको थियो। कार्यक्रममाअन्जली अधिकारी सहित स्थानिय कलाकारहरुले स्टेज दर्शकलाई नचाएर भरपुर मनोरंजन प्रदान गरेका थिए।

जातीय पहिरनमा सजिएका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिताले दुइदिनसम्म कोमाजावा पार्क नेपालमय भएको थियो।

फेष्टिवलमा जापानीेहरुले समेत नेपाल बारेमा विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेका थिए। नेपाल र नेपाली संस्कृतिलाई माया गर्ने हजारौ जापानीहरुको सहभागिता रहेको कार्यक्रममा जापानीहरुले नेपाली गीतमा नाचेर मनोरंजन गरेका थिए।

१३ वटा नेपाली मौलिक खाना परिकारका स्टल तथा २५ वटा व्यवसायिक स्टल रहेका कार्यक्रममा आईतबारको दोश्रो दिन रक्षा वन्धनका लागि नेपाली पुरोहितहरुद्धारा डोरो बाँध्ने कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।

फेस्टिवलको उद्घाटन जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, नेपालका लागि जापानका पूर्वराजदूत मासासी ओगावा, गैरआवासीय नेपाली संघ एनआरएनए आइसीसी युवा संयोजक सुदन थापा, आर्इसीसी प्रवक्ता भूषण घिमिरे, एनआरएनए एसिया प्यासिफिक संयोजक किरणविक्रम थापा र एनआरएनए जापानका अध्यक्ष टासी वाङ्दी लामाले संयुक्त रुपमा गर्नुभएको थियो ।

उदघाटन अवसरमा राजदूत प्रतिभा राणाले नेपाल जापान सम्बन्ध प्रगाढ रहेको स्मरण गराउदै नेपालको प्रचार प्रसारका लागि नेपाल फेस्टिवल उचित अवसर भएको बताउनु भयो ।

उहाँले जापानमा रहेका ८० हजार बढी नेपालीले नेपालको सुन्दरताको बयान जापानीलाई गर्न सके नेपालको पर्यटन बिकासमा टेवा पुग्ने धारणा राख्दै राणाले नेपालको हितको लागि हुने सबै कार्यक्रमहरुमा दूतावासको सहयोग र सहकार्य रहने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि जापानका पूर्व राजदूत मासासी ओगावाले नेपाल जापान सम्बन्ध धेरै पुरानो भएको स्मरण गराउदै जापानमा गरिने नेपालीका यस्ता कार्यक्रमहरुले अझ सम्बन्ध राम्रो हुँदै जाने बताउनुभयो।

गैरआवासिय नेपाली संघका प्रवक्ता भूषण घिमिरेले पर्यटन प्रवर्धन मुलुक समृद्धिको प्रभावकारी बिकल्प भएको धारणा राख्दै जापानीहरुलाई नेपालप्रति आकर्षित गर्न नेपाल फेस्टिवल महत्वपूर्ण भएको बताउनुभयो । भने एसिया प्यासिफिक संयोजक थापाले जहाँ रहेपनि नेपालीहरुले नेपाली कला र पहिचानलाई कायम राख्न आगह गर्नुभयो।

फेस्टिवलका संयोजक तथा एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष देबिलाल भण्डारी र एनआरएनएका अध्यक्ष टासी वाङ्दी लामाले फेस्टिवलमा सहयोग गर्ने सबैमा धन्यवाद ब्यक्त गर्नुभयो ।

यस्तै समापन अवसरमा गैरआवासीय नेपाली संघ एनआरएनए आईसीसी अध्यक्ष भवन भट्टले समृद्ध नेपाल निमार्णका लागि गैरआवासीय नेपालीहरुले उलेख्य सहयोगको अपेक्षा राखेको जानकारी दिनुभयो। यस्तै नेपाल र नेपालीको पहिचानका लागि फेष्टिवलले जापानीहरुमा राम्रो छाप छाडन मद्त पुग्ने भएकाले कार्यक्रमको निरन्तरताका लागि जापानवासी नेपालीहरुमा अपिल गर्नुभयो।

सोही अवसरमा गैरआवासीय नेपाली संघ कोरिया अध्यक्ष लक्ष्मी गुरूङ, हङकङ अध्यक्ष टिका गुरूङ तथा वेल्जियमका अध्यक्ष लोक दाहाल तथा विभिन्न पदाधिकारी सहभागिता रहेको थियो। भने एनआरएनए जापानका क्षेत्रिय समिति तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरुको विशेष उपस्थिति रहेको थियो।

Share Now

Leave a comment.