Prakash Adhikari August 28, 2018

 

सानेपा(ललितपुर),११ भदौ । नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पार्टीको केन्द्रीय कार्यालयमा आयोजित नेपाली कांग्रेसको तर्फबाट निर्वाचित नगर प्रमुख—उपप्रमुखको एक दिवसीय भेला नौ बूँदे निर्णय गर्दै सोमबार साँझ सम्पन्न भएको छ ।

नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको सभापतित्वमा भएको सो भेलाको उद्घाटन शत्रको प्रमुख आतिथ्य पार्टी सभापति शेरबहादुर देउवा र विशेष आतित्थ बरिष्ठ नेता रामचन्द्र पौडेलले गर्नुभएको थियो ।

चार शत्रमा विभाजित सो कार्यक्रममा केन्द्रीय सदस्य डा. रामशरण महतको सभापतित्वमा भएको शत्र डा. शंकरप्रसाद शर्माले –स्थानीय तहमा आर्थिक नीति र विकास योजना, केन्द्रीय सदस्य पुष्पा भुषालको सभापतित्वमा भएको शत्रमा वरिष्ठ अधिवक्ता शेरबहादुर के.सीले नगरपालिकाको काम र कर्तव्य र अधिकार क्षेत्रका न्यायिक र कानूनी पक्ष, महामन्त्री पूर्णबहादुर खड्काको सभापतित्वमा भएको शत्रमा पूर्व सचिव कृष्ण ज्ञवालीले स्थानीय निकायका पदाधिकारीको पार्टीसँगको समन्वय र सम्बन्ध तथा महामन्त्री डा. शशांक कोइरालाको सभापतित्वमा भएको शत्रमा पूर्व सांसद ध्रुव वाग्ले र निलकण्ठ नगरपालिका धादिड.का मेयर भीम ढुंगानाले –नेपाली कांग्रेसको तर्फबाट नगर र नगरपालिका संघको प्रतिनिधित्व गर्नेहरुको भूमिकाका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कांग्रेसको मेयर भेलाले नौ बूँदे निर्णय गरेको छ । जो निम्नानुसार छन :

१) संघीय सिद्धान्त र संविधानको मर्म अनुसार प्रदेश र स्थानीय तहको लागि आवश्यक कानून तत्काल बनाउन माग गर्दछौँ र सम्बन्धित तहले बनाउने कानून, सोही तहले बनाउने र निर्णय गर्ने कुरालाई सहज बनाउन माग गर्दै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु नगर प्रमुख÷उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षहरुको मर्यादाक्रम पदीय गरिमा अनुरुप नरहेको हुँदा उक्त मर्यादाक्रममा तत्काल पुनरवलोकन गरी निर्वाचित प्रतिनिधिहरुको मर्यादा र प्रतिष्ठा कायम गरियोस् ।

२) संविधान र कानूनको अधिनमा रही न्यायोचित, सरल र न्यूनतम कर लागउने नीतिमा हामी विश्वास गर्छौं । आर्थिक उद्यमशीलता र लगानीमैत्री वातावरण सृजना गरी लगानी र आर्थिक गतिविधि बढाउने र यस मार्फत करको दायरा वृद्धि भई राजश्व बढ्ने कुरामा हामी विश्वास गर्छौं । यसको साथै केन्द्रीय सरकारले अत्यधिक मात्रामा वृद्धि गरिएको करको पनि हामी विरोध गर्छौं र तत्काल घटाउन समेत माग गर्दछौं ।

३) यस सरकारको गठन यता संविधानले प्रत्याभूति गरेको नागरिक हक, प्रेस स्वतन्त्रता जस्ता विषयमा विभिन्न वहानामा निषेध गर्ने क्रियाकलापहरु देखिएका छन् । हामी यसको घोर भत्र्सना गर्दछौँ र लोकतन्त्रको मूल्य, मान्यता र आदर्शका विपरीत नजान सचेत समेत गराउँदछौँ ।

४) नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारद्वारा निर्णय गरिएको सामाजिक सुरक्षा भत्ता, ६५ वर्ष पुगेका ज्येष्ठ नागरिकहरुलाई वृद्ध भत्ता, स्वास्थ्य सम्वन्धी सुविधा लगायत र भुकम्प पीडितहरुलाई दिने सुविधा वर्तमान सरकारले कटौती गरेको बारे घोर भत्र्सना गर्दछौं । साथै, अबिलम्ब पहिलो सरकारले गरेका ती निर्णयहरु लागु गर्न माग गर्दछौं ।

५) सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग तत्काल गठन गर्नु पर्दछ । गठन गर्दा सत्ता पक्षको नेतृत्व र वर्चश्वमा होइन कि प्रतिपक्षको नेतृत्वमा सर्वदलीय सहभागिता भएको निष्पक्ष आयोग गठन गर्न माग गर्दछौं ।
६) कांग्रेस जितेको स्थानमा बजेट नदिने, थोरै दिने, किस्तावन्दीमा दिने वा सशर्तमा दिने जस्तो भेदभावपूर्ण बजेट विनियोजन कार्य तत्काल बन्द गर्न माग गर्दै समान वितरणका लागि माग गर्दछौँ ।

७) नगरपालिकाहरुमा तत्काल कर्मचारी पठाउने र पठाउँदा आस्थाको आधारमा भेदभाव गरी पठाउने काम बन्द गर्न माग गर्दछौँ । स्थानीय तहलाई प्राप्त अधिकार कर्मचारी भर्ना, विकास योजना लगायतका कुरामा अवरोध नगरी सहमति र सहजताका आधारमा गरिनु पर्छ भन्ने माग गर्दछौँ ।

८) निर्मला पन्त माथि भएको बलात्कार र हत्या जस्तो जघन्य अपराधको घोर भत्र्सना गर्दछौं । बलात्कार, अपहरण र हत्याको घटना दिन दिनै बढ्दो छ भने यसको नियन्त्रण र सजायको लागि सरकार असक्षम र अकर्मन्य देखिन्छ । अविलम्व अपराध नियन्त्रण गर्न, अपराधी पक्रन र कार्यवाही गर्न माग गर्दछौँ । साथै, उक्त घटनालाई लिएर भएको शान्तिपूर्ण जनप्रदर्शनमा प्रहरीद्वारा दमन गर्दा गोली लागी सन्नी खुना बालकको हत्या भएको घटनाप्रति पनि घोर भत्र्सनाका साथै मृतक आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।

९) विराटनगर महानगरपालिका मेयर भीम पराजुलीलाई लक्षित गर्दै गत २०७५ श्रावण २७ गते उहाँको कार्यकक्ष बाहिर अज्ञात समूहले बम विष्फोट गराई क्षति पु¥याएको घटनाको निन्दा गर्दछौँ । उक्त घटनामा संलग्न आपराधिक व्यक्तिहरुलाई तत्काल खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न सरकारसँग माग गर्दछौं ।

Share Now

Leave a comment.