Prakash Adhikari August 29, 2018

 

क्वालालम्पुर(मलेसिया), १३ भदौ । एसिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपालले ओमनसामु २२२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर ब्याटिड.मा परेको नेपाली टीमले निर्धारित ५०ओभरमा ९ विकेटको क्षतिमा २२१ रनमात्र जोड्न सक्यो ।

नेपालका लागि सर्वाधिक रन सागर पुनले जोडे । उनले ८४ बलमा ६चौका र २ छक्का सहित ८३ रन जोड्ने सफलता पाए । टीमका लागि त्यसपछि दोस्रो धेरै रन उपकप्तान ज्ञानेन्द्र मल्लले बनाए । उनले ६० बलमा ६ चौका १ छक्का सहित ४५ रन बनाए । आरिफ सेखले ७४ बलमा १ छक्का र ३ चौका सहित ३६ रन बनाए । १० बलमा १ चौका सहित २ छक्का प्रहार गरेर २६ रन बनाएका करन केसी नट आउट रहे ।

ब्याटिड.मा समस्या झेलिरहेको नेपाली टीममा दिपेन्द्र सिंह ऐरि ९ रन,कप्तान पारस खड्का ८ रन, सोमपाल कामी ५ रन र एस पी खकुरेलले ४ रन जोडे ।

https://www.youtube.com/watch?v=iHMxRDX2mbo

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा खेलमा ओमानका विलाल खान र एभी लालचेताले एकएक मेडन सहित २ दुई विकेट,मोहमद नदिमले २ विकेट र खबर अलिले २ मेडन र कलिमुल्लाहले १ मेडन लिएका थिए ।

अब नेपालको बलिड. गर्ने पालो छ ।

नेपाल ओमनलाई पराजित गर्दै छनोट प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ ।

प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमन, युएई, सिंगापुर र हङकङ रहेका छन् ।

 BOWLING

O M R W ECON 0s 4s 6s WD NB
Kaleemullah 10 1 29 0 2.90 44 2 0 0 0
Bilal Khan 10 1 54 2 5.40 33 5 2 0 0
Mohammad Nadeem 9.4 0 63 2 6.51 29 5 3 0 0
AV Lalcheta 10 1 34 2 3.40 35 2 0 0 0
Zeeshan Maqsood 2 0 6 0 3.00 7 0 0 0 0
Khawar Ali 8 2 27 0 3.37 35 2 1 0 0
OMAN TEAM
Share Now

Leave a comment.