काठमाडौैं, २१ कार्तिक । नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिज (निक्की) को २३औं वार्षिक साधारणसभाले सौर्य शम्शेर जबरा राणालाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ । मंगलबार सम्पन्न निक्कीको साधारणसभाले राणालाई आगामी दुई वर्षका लागि निर्वाचित गरेको हो ।
निक्कीको नवौं कार्यसमितिका लागि भएको निर्वाचनमा अभिमन्यु पोद्दार (सूर्य नेपाल), आनन्दकुमार बगरिया (निम्बस होल्डिङ), अनुकूल भट्नागर (एसबीआई बैंक), ज्ञानेन्द्रलाल प्रधान (हाइड्रो सोलुसन) लाई सदस्यमा निर्वाचित गरेको छ ।
त्यस्तै हेमराज ढकाल आईएमई अटोमोबाइल्स, आरबी रौनियार (इन्टर कन्टिनेन्टल मोटर्स) शशिकान्त अग्रवाल (रिलायन्स स्पिनिङ मिल्स) सिर्जना राणा (होटल अन्नपूर्ण) र सुभिक ज्योति (भाजुरत्न इन्जिनियरिङलाई सदस्यमा निर्वाचित गरेको छ ।
निर्वाचित सदस्यबाट कार्यसमितिका अन्य पदमा मनोनयन गरिने निर्वाचन समितिले जनाएको छ । ९ जनाको कार्यसमितिमा ११ जनाले उम्मेद्वारी दिएका थिए । मंगलबार राजधानीमा भएको निक्कीको बार्षिक साधारणसभामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.स्वर्णिम वाग्ले, भारतीय राजदूत मन्जिब सिंह पुरी, नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा लगायतको उपस्थिति रहेको थियो ।