Prakash Adhikari January 2, 2026

 

काठमाडौं, १८ पौष। नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधिका लागि साबिक विजेता हेल्प नेपाल र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा रुकुम पश्चिमलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो।

पहिलो सेमिफाइनलमा हेल्प नेपालले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटले पराजित गर्दै उपाधिको ढोका खोलिसकेको छ।

आर्मीले पहिलो सेट २५–२० ले जितेको थियो। त्यसपछि बाँकी दुई सेट २३–२५, १५–२५ ले गुमाएको थियो। चौथो सेटमा २६–२४ तथा पाँचौं सेटमा १५–१२ ले विजयी हुँदै हेल्प नेपालसँगको भेट पक्का गरेको हो।

Share Now