Prakash Adhikari September 2, 2018

क्वालालम्पुर(मलेशिया), १७ भदौ । एसीसी एशिया कप छनोट अन्तर्गत आइतबार भएको खेलमा नेपालले सिंगापुरबाट १ सय ५२ रनको सजिलो लक्ष्य पाएको छ ।

मलेसियाको युकेएम ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरे ४२ ओभरमा १ सय ५१ रनमा अलआउट भयो ।

सिंगापुर विरुद्धको खेलमा नेपाली बलर हावी भए । पहिलो ओभरमा नै सोमपाल कामीले विकेट लिदा सिंगापुरले खाता खोलेको थिएन ।

त्यसपछि उसले १८ रन बनाउदा तीन विकेट गुमाएको थियो ।

चेतन रामचन्द्र र अनिश इडवार्डले ८० रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए तर उनको जोडीलाई दिपेन्द्र ऐरीले तोडे । अनिशलाई दिपेन्द्रले ३१ रनमा रनआउट गरेपछि सिंगापुर ९८ रनमा चौथो विकेट गुमायो ।

सिंगापुरको विकेट झर्ने क्रम यतिमा रोकिएन ।

बलिङतर्फ ललित राजवंशी र सन्दिप लामिछाने समान ३ ३ तथा सोमपाल कामीले २ विकेट लिए ।

Share Now

Leave a comment.