Prakash Adhikari November 8, 2017

काठमाण्डौ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देवले नेपालको पर्यटन क्षेत्रमा स्काई डाइभिङ्ग जस्तो चित्ताकर्षक र साहसिक खेलको उत्पादन थपिएकोमा खुशी प्रकट गर्दै एभरेष्ट स्काई स्काइडाइभ नेपालका सञ्चालकहरुलाई धन्यवाद दिएका छन् ।

नेपालका लागि मोरक्को अधिराज्यको वाणिज्य दूतावासले मंगलबार काठमाडौंमा आयोजना गरेको विशेष समारोहमा मन्त्री देवले स्काई स्काईडाइभको खुलेर प्रशंसा गरेका हुन । वाणिज्य दुतावासले मोरक्को अधिराज्यका अन्तर्राष्ट्रिय ख्याति प्राप्त विश्व किर्तिमानधारी स्काइडाइभर तथा स्काई डाइभिङ्ग प्रशिक्षक अनस बक्कालीलाई विशेष सम्मानमा सो कार्यक्रम गरेको थियो ।

बक्काली अन्तर्राष्ट्रिय ख्यातिप्राप्त साहसी एवम् उत्साही पेशेवर स्काईडाइभर हुन्, जसले हालसम्म अन्तर्राष्ट्रिय स्काइ डाइभिङ्ग क्षेत्रमा ७,००० भन्दा बढी स्काइ डाइभिङ्ग सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।

नेपालमा पनि सगरमाथाका विविध उचाईबाट स्काइ डाइभिङ्ग गर्ने उद्देश्यका साथ सन् २००८ को अक्टोबर २६ तारीखका दिन एभरेष्ट स्काइडाइभको स्थापना गरिएको थियो ।

बक्कालीले गत नोभेम्बर ०३ र ०४ तारीख गरी दुई पटक सगरमाथाको २३,००० फिटको उचाईबाट स्काइ डाइभ गरेका छन् ।

नोभेम्बर ०३ तारीखको उनको स्काईडाइभलाई उनले आफ्नै देशको “ग्रिन मार्च दिवस” लाई समर्पित गरेका छन् भने नोभेम्बर ०४ तारीखको स्काइडाइभलाई उनले प्राणघातक रोग क्यान्सर विरुद्ध जनचेतनाको अभिबृद्धि गराउने कार्यका लागि समर्पित गरेका छन् ।

ती दुबै दिनका स्काइ डाइभहरूमा उनले मोरक्कन झण्डा सहित डाइभ गरेका थिए, जुन आफैमा एक अलौकिक साहसिक कार्य रहेको जानकार बताउँछन् ।

५ पटकको विश्व किर्तिमानी कार्यक्रमका सहभागी, बक्कालीले गत वर्ष ‘ग्रिन मार्च दिवसकै अवसर पारेर अर्थात् सन् २०१६ को नोभेम्बर ०६ तारीखका दिन दुबईस्थित १८००० फिट उचाईको एक स्थानबाट मोरक्कन झण्डासहित डाइभ हानेका थिए ।

सोही अवसरमा बक्कालीसहित उनका टिमका अन्य स्काइडाइभरहरूलाई पनि सम्मान गरिएको थियो ।

सम्मानीत हुनेहरूमा एभरेष्ट स्काइडाइभिङ्गका सिलसिलामा नेपाल आएकाविश्वका संयुक्त राज्य अमेरिका, न्यूजिल्याण्ड, फ्रान्स, स्कटल्याण्ड, संयुक्त अधिराज्य बेलायत र साउदी अरेवियनका १३ जना विश्व किर्तिमानधारी साहसी स्काइडाइभरहरू थिए ।

टोलीमा २१,००० जम्पसहित गिनिज बुक अफ वल्र्ड रेकर्ड होल्डर, वल्र्ड रेकर्ड होल्डर, हाइ अल्टिच्युड पोली एथलिट र फ्रिस्टाइल स्काइ(डाइभिङ्ग विश्व किर्तिमानधारी स्काइडाइभरहरू रहेका छन् ।

सम्मानीत हुनेहरूमा सुनीता शाही, टम नूनन्ः (विश्व किर्तिमानधारी स्काइडाइभर, टयान्डेम प्रोग्राम निर्देशक र एभरेष्ट स्काइडाइभिङ्गका संस्थापक सदस्य एक अमेरिकी नागरिक), श्रीमती विण्डी स्मिथः (२१,००० जम्प सहित महिला विश्व किर्तिमानधारी गिनिज रेकर्ड होल्डर, न्यूजिल्याण्डकी नागरिक तथा एक्स्ट्रिम जम्प परफरमर), ओमार अल्हेगेलानः (साउदी अरेवियाका विश्व किर्तिमानधारी फ्रिस्टाइल स्काइडाइभर, वल्र्ड एयर गेम्स फ्रिस्टाइल विश्व किर्तिमानधारी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिबाट मान्यताप्राप्त फ्रिस्टाइल स्काइडाइभर तथा एभरेष्ट स्काई डाइभिङ्गका संस्थापक सदस्य), पाउल हेनरी डि बेरीः (फ्रान्सका उच्च उचाईमा खेल खेल्ने विश्व किर्तिमानधारी खेलाडी तथा भिडियो क्यामेरा फ्लायर), डा। रियान ज्याक्सन (बेलायती स्काई डाइभर, ट्यान्डम प्रशिक्षक, क्यामेरा फ्लायर पाइलट मेडिकल डाक्टर), टेड अट्किन्सः (स्कटिथ नागरिक एभरेष्ट स्काइडाइभका प्रमुख अक्सिजिनियर, जसले आफैले कैयन पटक सगरमाथाको सफल आरोहण समेत गरेका छन्), ग्रेग राउ (अमेरिकी पेशेवर स्काइडाइभर प्यारासुरका वरिष्ठ यन्त्र मेकानिक), टोस म्याक्सवेल (उत्तर र दक्षिणी धुव्रबाट हिमाल आरोहण गर्ने न्यूजिल्याण्डका नागरिक, फिक्स विङ्ग र हेलिकोप्टर पाइलट, न्यूजिल्याण्डका पेशेवर स्काइडाइभर), माथ्यू योन्ट (अमेरिकी शहर शिकागोका १३,००० भन्दा बढी व्यक्तिगत जम्मा र १०,००० भन्दा टयान्डेम जम्पसहित किर्तिमानधारी पेशेवर स्काइडाइभर), विवेक पाण्डे (नेपाली पर्यटन व्यवसायी, स्काइडाइभिङ्गका सुरुवातकर्ता, एभरेष्ट स्काइडाइभिङ्गलाई सुरुवातदेखि नै सहयोग पु¥याउँदै आएका व्यक्ति नविन गुरुङ्ग (सहारा– यु।के। ग्रुपका संस्थापक अध्यक्ष, एन।आर।एन। बेलायतका संस्थापक सदस्य तथा सल्लाहकार), नेपाल बेलायत सहयोग संस्थापक संयोजक एवम् एभरेष्ट स्काइडाइभिङ्ग नेपाललाई सहयोग पु¥याउने विशेष व्यक्ति), आदि रहेका छन् ।

उनीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव, नेपालका लागि मोरक्को अधिराज्यका अवैतनिक महावाणिज्यदूत बसन्त चौधरी र कार्यक्रमका विशेष अतिथि मोरक्कन राजदूतावास नयाँ दिल्लीका मिनिष्टर काउन्सेलर तथा डेपुटी चिफ अफ मिसन हसार्न अलावली मोस्तोफीले प्रशंसा–पत्र, कालो भाद्गाउले नेपाली टोपी र माला लगाई संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा अतिथिहरू स्वागत गर्दै नेपालका लागि मोरक्कोका अवैतनिक महावाणिज्यदूत चौधरीले अन्तर्राष्ट्रिय क्षेत्रलाई नै चकित पार्ने साहसिक व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा आफू गौरवान्वित भएको बताए ।

सो अवसरमा एभरेष्ट स्काई डाइभिङ्ग २०१७ का सदस्यहरू मध्ये टम नूतन र विण्डी स्मिथले आ–आफ्ना अनुभवहरू र सुझाव प्रस्तुत गरेका थिए ।

सो अवसरमा अनास बक्काली, नविन गुरुङ्ग, टे््रकिड. एजेण्ट्स एशोसियसनका नवनिर्वाचित अध्यक्ष नवराज दाहाल र नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले पनि नेपालमा साहसिक खेल पर्यटनको संभावनाका बारेमा बोलेका थिए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले नेपालमा विकास गर्न सकिने प्रकारका पर्यटनका प्याकेजहरू उकास्न आफू र आफ्नो मन्त्रालय हर प्रकारले सहयोग गर्न तत्पर रहेको बताए ।

उनले नेपाली पर्यटनको स्तर वृद्धि गरि विकासका खातिर नेपाली निजी क्षेत्र र अन्तर्राष्ट्रिय समुदायसँग हातेमालो गर्न, हरतरहले सहयोग गर्न आफू तत्पर रहेको उल्लेख गरेका थिए ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै मोरक्कन राजदूतावास नयाँ दिल्लीका डेप्युटी चिफ अफ मिसन हसान अलावली मुस्तफीले यसखाले कर्याक्रमले नेपाल र मोरक्को बीच विद्यमान दौत्य सम्बन्ध नयाँ उचाईमा पुुग्ने बताए ।

 

Share Now

Leave a comment.