Prakash Adhikari November 8, 2017
चामे(मनाङ) २१ कात्तिक  (रासस) । प्रतिनिधिसभा र प्रदेश सभाको प हिलो चरणको निर्वाचन समूहमा परेको मनाङ जिल्लाका उम्मेदवारहरु जिल्लामा एकसरो प्रचार प्रसार सम्पन्न गरी काठमाडौंमा रहेका मनाड.बासीको मत बटुल्न प्रचारप्रसारका लागि काठमाडौं  पुगेका छन् ।
मनाङका लगभग ५० प्रतिशतभन्दा बढी मतदाता काठमाडौं मै बसोबास गर्ने भएकाले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)का उम्मेदवार काठमाडौंमा प्रचार गर्न गएका हुन्।
काठमाडौंमा बसोबास गर्ने मनाङीको मतदाता नामावली मनाङमै भएको हुनाले उम्मेदवार उम्मेदवारी मनोनयनपछि काठमाडौं पसेका हुन्। विशेष गरेर माथिल्लो मनाङ र नार फुका मानिस व्यापार व्यवसायका लागि मनाङ छाडी काठमाडौं बसोबास गर्दै आएका छन् ।
काठमाडौंवासी मतदान गर्न मनाङ आउने भएका कारण उम्मेदवार मतदाता खोज्दै काठमाडौं पुगेका हुन् । मनाङमा उच्च प्रतिस्पर्धामा रहेका दुई ठूला दल कांग्रेस र एमालेका उम्मेदवार मतदाताको घरदैलोमा मत मागिरहेका छन्।
कांग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार टेकबहादुर गुरुङ, प्रदेश ‘क’ का चिन्तबहादुर घले र प्रदेश ‘ख’ का कर्म गुरुङलगायतका प्रचार टोली अहिले काठमाडौँैमा प्रचारप्रसारमा खटिरहेको नेका जिल्ला सचिव सुरेन्द्र गुरुङले बताए।
त्यस्तै, एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार पाल्तेन छोपाङ गुरुङ, प्रदेश ‘क’ का धोर्जे ढिन्दुल गुरुङलगायतका प्रचारप्रसार टोली भने प्रचारप्रसार सकी मनाङ फर्किएको एमाले पार्टी स्रोतले जनाएको छ ।
मनाङका आधाभन्दा बढी मतदाता काठमाडौंमा बसोबास गर्ने भएकाले उम्मेदवार मतदाताको मन जित्न काठमाडौं गएका हुन् ।
Share Now

Leave a comment.