Prakash Adhikari January 5, 2026
काठमाडौं, २२ पौष । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सन आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्कन लाग्नुभएको छ । उहाँले सोमबार प्रधानमन्त्री  र परराष्ट्र मन्त्रीसंग बिदाइ भेट गर्नुभएको छ ।
उहाँले प्रधानमन्त्री कार्कीसंग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिदाइ भेट गर्नुभएको थियो । भेटमा नेपालस्थित अमेरिकी राजदूताबास र नेपाल सरकारका उच्चपदस्थ अधिकारीको पनि उपस्थिति थियो ।
परराष्ट्रमन्त्री शर्मासँग  बिदाइ भेट
परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले सोमबार नै बिदाइ भेट गर्नुभएको छ ।
मन्त्रालयमा भएको भेटका क्रममा उहाँहरुबीच  नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
सो अवसरमा परराष्ट्रमन्त्री शर्माले नेपालमा आफ्नो कार्यकालका दौरान दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र सशक्त बनाउन पु(याउनुभएको योगदानका लागि राजदूत थम्प्सनप्रति आभार व्यक्त गर्नुभएको थियो ।
Share Now