सानेपा(ललितपुर), २४ पौष । नेपाली कांग्रेसभित्र बिशेष अधिवेशनको विषयले उत्पन्न गराएको अन्योललाई अन्त गराउन आज अपर्झट केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । दिउँसो पौने १ बजे पत्राचार गरेर केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरुलाई बैठकमा आमन्त्रण गरिएको हो ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पठाउनुभएको पत्रमा भनिएको छ, नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज २०८२ पौष २४ गते बिहीबार दिनको ४ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुकोे उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।


















