Prakash Adhikari January 18, 2026

 

कीर्तिपुर(काठमाडौं), ४ माघ । नेपालले आईसीसी टी–२० महिला विश्वकप ग्लोबल छनोटमा थाइल्याण्डलाई १ सय २३ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय २२ रन बनाएको हो।

नेपालकी बिन्दु रावलले सर्वाधिक ४४ रनको योगदान गरिन्।

सम्झना खड्काले २६ र पूजा महत्तोले १२ रन बनाइन्।

Share Now