Prakash Adhikari January 18, 2026

 

काठमाडौं, ४ माघ । शेयर बजारमा हरियाली छाएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार धितोपत्र बजार परिसूचक नेप्से ३१.१२ अंकले उकालो लागेर २६७२.५५ बिन्दुमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७० अंकले उकालो लागेर चार सय ५९.४३ बिन्दुमा चढेको छ ।

धितोपत्र बजारमा आज ३ सय ३८ वटा कम्पनीहरुको १ करोड ६६ लाख ११ हजार ४ सय ७९ कित्ता शेयरको खरिद बिक्रीबाट ८ अर्ब ४० करोड २७ लाख ९७ हजार ७ सय ७५ रुपैंयाँको कारोबार भएको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सूचक उकालो लागेर शेयर बजार हरियो देखिएको छ ।

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सागर डिष्टिलरी, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रीटेक इण्डष्ट्रीज र गोर्खाज फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन सेन्ट्रल फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ८.७८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन मञ्जुश्री फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ५३ करोड १६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन एसवाई प्यानल नेपालको ३७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने श्रीेनगर एग्रीटेकको कारोबार रकम २८ करोड रुपैयाँ नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.७३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक ३ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

Share Now