काठमाडौं, ६ माघ। । एम.भी.दुगड ग्रुपले देशव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको छ । ग्रुपका अध्यक्ष एवं प्रतिष्ठित उद्योगपति मोतीलाल दुगडले ८० औं बर्षमा प्रवेश गरेका अवसरमा एमभी दुगड ग्रुपले देशव्यापी रक्तदान कार्यक्रम आयोजना सम्पन्न गरेको हो ।
नेपालभर रहेका एमभी दुगड ग्रुपको अटो डिभिजन र हाईड्रो डिभिजनका कर्मचारीहरूको सक्रीय सहभागितामा ‘तपाईको एक थोपा, कसैको जीवन’भन्ने मूल नाराका रक्तदान गरेको कम्पनीले जनाएको छ ।
ग्रुपको हाईड्रोको १ स्थान तथा अटोमोवाईल्सका पुर्व मेचीदेखी पश्चिम महाकालीसम्मका शाखाहरू गरी १६ स्थान र ३ वटा डिलरहरू समेत गरी नेपालको सातवटै प्रदेशमा २० वटा स्थानहरूबाट एकै दिनमा नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक र कुरा हेल्थको सहयोगमा सुरक्षित एवं ब्यवस्थित हिसावले सफलतापुर्वक ५ सय ७८ जनाबाट ५ सय ७८ प्वाईन्ट व्लड कलेक्सन गरी नेपाल रेडक्रस सोसाइटीलाई उपलब्ध गराईएको छ ।
त्यसमध्येको व्लडबाट विरगंज, बुटवल र धनगढीमा गरी ३ जना विरामीको तत्कालै ज्यान जोगाउन सकिएको कम्पनीले जनाएको छ ।








