Prakash Adhikari January 20, 2026

काठमाडौं, ६ माघ। नेपाली कांग्रेसको नयाँ नेतृत्वले कांग्रेस नेता डा. शेखर कोइरालालाई मोरड. ६ बाट टिकट दिएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई नवनिर्वाचित नेतृत्वले चुनाव नलड्न सुझाव दिएको र उहाँले पनि नलड्ने घोषणा गर्नुभएकोले डडेल्धुराबाट नैनसिंह महरलाई टिकट दिइएको छ ।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगो लगाएको छ ।

कांग्रेस संसदीय बोर्डले मंगलबार बिहान मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगो लगाएको हो ।

कांग्रेसका अनुसार मोरङ–१ मा खड्ग फागोले टिकट पाएका छन् । निर्वाचन क्षेत्र नम्बर २ मा डा. मिनेन्द्र रिजाललाई उम्मेदवार बनाइएको छ ।

यस्तै क्षेत्र नम्बर ३ मा डा. सुनिल शर्मा दोहोरिँदा क्षेत्र नम्बर ४ मा नवनिर्वाचित महामन्त्री गुरूराज घिमिरेले टिकट पाउनुभएको छ ।

मोरङ–५ मा फूलकुमार लालवानीलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ । डा. शेखर कोइरालालाई मोरङ–६ को टिकट दिइएको छ ।

Share Now