Prakash Adhikari January 20, 2026

पोखरा(कास्की), ६ माघ। नेपाली कांग्रेसले कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले क्षेत्र नम्बर १ मा तिलक रानाभाट, क्षेत्र नम्बर २ मा मधु बास्तोला र क्षेत्र नम्बर ३ मा मनोज गुरुङलाई टिकट दिएको हो ।

पछिल्लो परिस्थितिमा कांग्रेसबाट टिकट कसले पाउला भन्ने चासोका साथ हेरिएको थियो । शेरबहादुर देउवा समूहलाई समेत समावेश गरेर ढिला गरी उम्मेदवार टुंग्याएको छ ।

 

क्षेत्र नम्बर १ मा पूर्व सभापति कृष्ण केसी अन्तिमसम्म टिकटका लागि सक्रिय रहे पनि कांग्रेसले रानाभाटलाई दियो ।

क्षेत्र नम्बर २ मा कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गराउन नेतृत्व गरेका देवराज चालिसे लोकप्रिय रहे पनि उहाँको सहमतिमा मधु बास्तोलालाई टिकट दिइएको छ । मधु कांग्रेस गण्डकीको प्रवक्तासमेत हुनुहुन्छ ।

कास्की–३ मा नेता देउवा निकट मनोज गुरुङ लाई टिकट दिएको छ । तरूण दलको नेता हुँदै पार्टी राजनीतिमा सक्रिया गुरुड. यसअघि पनि आकांक्षी हुनुहुन्थ्यो । त्यो बेला गठबन्धनमा माओवादीले टिकट पाएको थियो ।

यसअघिको निर्वाचनमा कास्कीका तीनवटै क्षेत्रमा एमाले विजयी भएको पृष्ठभूमिमा यसपटक कांग्रेसको उम्मेदवार चयनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Share Now