Prakash Adhikari September 5, 2018

पेरिस (फ्रान्स), २० भदौ । एनआरएनए फ्रान्सको अायोजनामा २ सेप्टेम्बर २०१८ का दिन तीज धमाका कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। तीन जना ख्यातीप्राप्त नेपाली गायककारहरु नलिना चित्रकार, मिलन लामा र रिता के. सी. को उपस्थिति तथा प्रस्तुति रहेको उक्त कार्यक्रममा उल्लेख्यरुपमा नेपालीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सभापतित्व एनआरएनए फ्रान्सका अध्यक्ष एक बहादुर मल्लले गरेका थिए भने प्रमुख अतिथिमा फ्रान्सस्थित राजदूत अम्बिका देवी लुइँटेल थिइन। एनआरएनए फ्रान्सका पूर्व तथा वर्तमान पदाधिकारीहरु, अन्य संघ संस्थाका पदाधिकारीहरुको पनि कार्यक्रममा उपस्थिति रहेको थियो। महिला दिदिबहिनीहरुको बढी बाहुल्यता रहेको उक्त कार्यक्रममा पुरुषहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।

गायिका रिता के सीले आफ्ना तीजका गीतहरु गाएर महिलाहरूलाइ नचाएकी थिइन् भने ख्यातिप्राप्त गायिका नलिना चित्रकार र गायक मिलन लामाले आफ्ना लगायत विभन्न चिरपरिचित गीतहरु गएर सबैलाई नचाएका थिए । नलिना चित्रकारको “पानी पनि भयो मेरो मन पनि“ गीत बाट सुरु भएको सांस्कृतिक कार्यक्रममा रिता केसी को “बम बम भोले” हुँदै मिलन लामाको “माझीदाई पोखरा फेवातालको” गीत सम्म आउदा पनि दर्शकहरु पुरै जोशका साथ नाचेर मनोरन्जन लिएका थिए ।

फ्रान्समा रहेका नेपाली महिला दिदी बहिनिहरुलाई नि:शुल्क तीजको दर खुवाउने, नेपालको झल्को मेटाउने, नेपाली भाषा, कला संस्कृति, रितिरिवाजको संरक्षण र नेपाली परम्परालाई आत्मसाथ साथ गर्दै नेपाली समाजमा एकता, भातृत्व र सदभावलाई निरन्तरता दिने उद्देस्यले कार्यक्रलाई प्रस्तुत गरिएको संस्थाका प्रवक्ता प्रकाश सापकोटाले बताएका छन् ।

 

Share Now

Leave a comment.