काठमाडौं, ८ माघ । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बेठक भोलि शुक्रबार बस्ने भएको छ ।
पार्टीका सचिव प्रकाश शर्माले सूचना निकालेर माघ ९ गते शुक्रबार (भोलि) दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्ने जानकारी दिनुभएको हो।
बैठकमा विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति र प्रदेश कार्यसमितिका सभापतिहरूलाई बोलाइएको छ।
भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकले भावी प्रधानमन्त्रीको उम्मेदवारमा रुपमा पार्टी सभापति गगन थापालाई घोषणा गरेर चुनावमा होमिने नवनिर्वाचित कांग्रेसले जनाएको छ ।


















