Prakash Adhikari January 24, 2026

काठमाडौं, १० माघ । नेपालमा जारी आइसीसी महिला टी २० विश्वकप छनोट अन्तरगत आज नेपाली टिम जिम्बावेसंग खेल्दै छ । प्रतियोगितामा सुपर सिक्समा पुग्ने सम्भावना जीवित राख्नका नेपाली टोलीका लागि आजको खेल जित्नैपर्ने हुन्छ।

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल‌ दिउँसो १ बजे सुरु हुनेछ।

समूह ‘बी’ बाटदुबै टोलीले अंकको खाता खोल्न सकेका छैनन्। हालसम्म नेपालले २ र जिम्बाब्वेले ३ खेल खेलिसकेका छन्।

नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ८ विकेटले र जितको नजिक पुगेर नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो।

सुपर सिक्समा पुग्नका लागि नेपालले आफूले जितेर मात्र पुग्ने छैन। अन्य खेलको नतिजा पनि कुर्नुपर्ने हुन्छ।

Share Now