Prakash Adhikari January 24, 2026

काठमाडौं, १० माघ ।  CG Electronics अन्तर्गतको विश्वसनीय पानी शुद्धीकरण ब्रान्ड केन्ट आरओ प्युरीफायरले सञ्चालन गरेको विशेष उपभोक्ता योजना अन्तर्गत अत्तरिया निवासि लक्ष्मी भट्टराई  सौभाग्यशाली विजेता घोषित हुनुभएको छ।

उक्त योजनाअनुसार केन्ट आरओ प्युरीफायर खरिद गर्ने उपभोक्तामध्येबाट लक्की ड्र मार्फत छनोट हुनुभएकी लक्ष्मी भट्टराईले ४ रात ५ दिनको मुम्बई यात्रा सहित विश्वकप क्रिकेटमा नेपालको खेल प्रत्यक्ष रूपमा हेर्ने अवसर प्राप्त गर्नुभएको हो।

केन्ट ब्रान्डले आफ्ना ग्राहकहरूप्रति कृतज्ञता व्यक्त गर्दै समय–समयमा यस्ता आकर्षक योजना ल्याउँदै आएको र यस योजनाले उपभोक्ताहरूलाई शुद्ध पानीसँगै अविस्मरणीय अनुभव प्रदान गरेको बताएको छ।

केन्ट आरओ प्युरीफायर आफ्नो अत्याधुनिक प्रविधि, उच्च गुणस्तर र शुद्धताको लागि विश्वभर परिचित ब्रान्ड हो। नेपालमा CG Electronics मार्फत उपलब्ध केन्ट आरओ प्युरीफायरले उपभोक्ताहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।

केन्टले आगामी दिनहरूमा पनि उपभोक्ताको विश्वासलाई अझ मजबुत बनाउने यस्ता नविन योजना र अभियानहरू निरन्तर रूपमा ल्याउने प्रतिबद्धता जनाएको छ।

Share Now