कीर्तिपुर(काठमाडौं), १० माघ । नेपालमा जारी आइसीसी महिला टी २० विश्वकप छनोट अन्तरगत आज नेपाल र जिम्बावेबीच भइरहको खेलमा जिम्बावेले नेपालसामु १ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिभुवन कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर नेपालले फिल्डिड. रोजेपछि जिम्बावेले ब्याटिड. गरेको थियो ।
जिम्बाबेका लागि सर्वाधिक केलिस नध्लोभूले नटआउट ५२ रन बनाइन भने बिलोभ्ड बिजाले ३४ रन बनाइन । खेलमा क्याप्टेन छिपो मुगेरी तिरिपानेले ८, मोडेस्टर मुकाचिक्वाले १४, जोशेपिना न्कोमोले ७ चैत्जा धुरुरुले ४ र क्रिष्टाबेल चटोन्ज्वाले नट आउट १ रनको योगदान दिए ।
समूह ‘बी’ मा रहेका नेपाल र जिम्बाबेले हालसम्म जितको खाता खोल्न सकेका छैनन्। हालसम्म नेपालले २ र जिम्बाब्वेले ३ खेल खेलिसकेका छन्।
नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ८ विकेटले र जितको नजिक पुगेर नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो।
सम्हालिएर खेलेमा नेपालले आजको खेल जित्नसक्ने संभावना छ । तर सुपर सिक्समा पुग्नका लागि नेपालले आफूले जितेर मात्र पुग्ने छैन। अन्य खेलको नतिजा पनि कुर्नुपर्ने हुन्छ।


















