Prakash Adhikari January 31, 2026

 

काठमाडौं, १८ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आइतबार (माघ १८) बिहानदेखि लागू हुने गरी मूल्य बढाइएको हो।

निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाएको छ। पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ।

इन्डियन आयल कर्पोरेसनबाट आज ३१ जनवरी, २०२६ (माघ १७, २०८२) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु. ० । १२, डिजेलमा रु. ४।६६ र एलपी ग्यासमा सिलिन्डर रू.४५।४९ ले बढेर तथा हवाई इन्धनमा प्रतिलिटर रु. १०८। ले घटेर आएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Share Now