Prakash Adhikari February 7, 2026

काठमाडौँ । आधुनिक प्रविधि, स्मार्ट डिजाइन र उच्च कार्यक्षमताको सशक्त संयोजन प्रस्तुत गर्दै Sensei ब्रान्डले आफ्नो नयाँ Front Load Washing Machine (Model: SWM10FL3 | 10KG) नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। नेपालका लागि यस ब्रान्डको आधिकारिक वितरक CG Electronics रहेको छ।

CG Group अन्तर्गतको Sensei ब्रान्ड नेपालमा Washing Machine, Refrigerator, Television (TV) तथा अन्य होम अप्लायन्सहरू का लागि तीव्र रूपमा लोकप्रिय बन्दै गएको छ। गुणस्तर, टिकाउपन र प्रयोगकर्ता–केन्द्रित प्रविधिका कारण Sensei उत्पादनहरूले नेपाली उपभोक्ताको विश्वास जित्दै आएका छन्।

नयाँ Sensei Front Load Washing Machine मा जडान गरिएको BLDC Inverter Motor ले कम बिजुली खपत, न्यून आवाज र दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्दछ। 10KG क्षमताको यो मेसिन मध्यमदेखि ठूलो परिवारका लागि उपयुक्त रहेको छ। यसमा Steam Wash, Quick 15-Minute Wash, Stain Treatment, ECO 40–60, Auto Drum Clean, 1400 RPM Spin Speed, 16 Wash Programs, LED Display, Child Lock तथा Delay Function जस्ता अत्याधुनिक सुविधाहरू समावेश गरिएका छन्। साथै, BLDC मोटरमा १० वर्षको वारेन्टी उपलब्ध गराइएको छ।

यस Washing Machine लाई बजारमा अझै विशिष्ट बनाउने मुख्य विशेषता यसको Smart Button Function र Wash+ Function हो, जुन यस मोडेलका लागि पूर्ण रूपमा युनिक फिचर का रूपमा प्रस्तुत गरिएको छ।

Smart Button Function ले प्रयोगकर्ताको धुलाई बानीलाई बुझेर आवश्यक सेटिङ स्वतः अनुकूल बनाउँछ, जसले धुलाई प्रक्रिया अझ सहज र स्मार्ट बनाउँछ। त्यस्तै, Wash+ Function ले कपडाको अवस्था अनुसार थप धुलाई समय वा प्रभावकारी सफाइ सुनिश्चित गर्दै कठिन दाग र गहिरो फोहोर हटाउन सहयोग गर्दछ।

CG Electronics का अनुसार यो Washing Machine आधुनिक नेपाली घरपरिवारको व्यस्त जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको हो, जहाँ समयको बचत, ऊर्जा दक्षता र कपडाको उत्कृष्ट हेरचाह प्रमुख प्राथमिकता हुन्।

ग्राहकको खरिद अनुभवलाई अझ सहज बनाउन CG Electronics ले Sensei ब्रान्डका उत्पादनहरूमा ०% EMI सुविधा, नागरिकताको आधारमा EMI, साथै Exchange सुविधा समेत उपलब्ध गराएको छ। यसले उपभोक्तालाई ठूलो आर्थिक बोझ बिना नै अत्याधुनिक होम अप्लायन्स आफ्नै घरमा भित्र्याउने अवसर प्रदान गर्दछ।

Sensei ब्रान्ड अन्तर्गतका Washing Machine, Refrigerator, TV तथा अन्य होम अप्लायन्सहरू नेपालभर CG Electronics का आधिकारिक शोरूम तथा अधिकृत विक्रेतामार्फत उपलब्ध रहेका छन्।

CG Electronics ले “विश्वस्तरको प्रविधि, नेपाली घरका लागि” भन्ने दृष्टिकोणका साथ Sensei ब्रान्डलाई स्मार्ट, भरपर्दो र दीर्घकालीन मूल्य दिने होम अप्लायन्स ब्रान्डको रूपमा स्थापित गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

 

Share Now