Prakash Adhikari March 5, 2026

काठमाडौं, २१ फागुन  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ।

उहाँले आज बिहान मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गर्नुभएको हो। निर्वाचनमा सहभागी भई अध्यक्ष ओलीले नागरिकको लोकतान्त्रिक अधिकार प्रयोग गर्नुभएको हो।

देशभर जारी मतदानका क्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा सर्वसाधारण मतदाताहरूले आ–आफ्ना मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गरिरहेका छन्। अध्यक्ष ओली पनि सोही क्रममा बालकोटस्थित मतदान केन्द्र पुगेर मतदान गर्नुभएको हो ।

Share Now