काठमाडौ, २४ फागुन। राजधानीबाट मधेस बुझ्न तराई झर्नुभएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही ४ मा रास्वपाका उम्मेद्वार अमरेशकुमार सिंहसंग पराजित हुनुभएको छ ।
उहाँ झण्डै १३ हजार मतले पराजित हुनुभएको हो । मतगणनामा सिंहले ३५ हजार ६ सय ८८ मत ल्याउनुभयो भने कांग्रेस सभापति थापाले २२ हजार ८ सय ३१ मत ।
रास्वपा उम्मेद्वार अमरेशसिंहले यो सहित सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा तीनपटक चुनाव जित्नुभएको छ । उहाँले एकपटक नेपाली कांग्रेसबाट चुनाव जित्नुभयो । अर्को पटक कांग्रेसले टिकट दिएन, वागी बनेर स्वतन्त्रको रुपमा लडेर जित्नुभयो । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव जित्नुभयो ।
२०६४ सालको संविधान सभामा पहिलो पटक समानुपातिक कोटाबाट सांसद बन्नुभएका कांग्रेस सभापति थापाले काठमाडौं ४ बाट तीनपटक चुनाव जितिसक्नुभएको थियो ।
यसपटक मधेस बुझ्न सर्लाही ४ रोज्नुभएका थापा मधेशमा जन्मेर,बढेर,पढेर मधेसको जनप्रतिनिधि भएर संसदमा चर्को आवाज उठाने सिंहसंग पराजित हुनुभएको हो।


















