Prakash Adhikari March 7, 2026

काठमाडौ, २४ फागुन। संघीय संसदको २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा ६ वटा राजनीतिक दल र एक स्वतन्त्र सांसदको प्रतिनिधित्व हुने देखिएको छ ।

हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र श्रम संस्कृति पार्टीबाट प्रतिनिधिसभामा सदस्य निर्वाचित भएका छन् । स्वतन्त्र सांसदको रुपमा महाविर पुनले म्याग्दीबाट चुनाव जिति सक्नुभएको छ ।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनको थप परिणाम प्राप्त भएको छ । जुन यस प्रकार छः

खोटाङमा श्रम संस्कृति पार्टीका राई निर्वाचित

खोटाङ, २४ फागुन : खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार देवविक्रम राईलाई तीन हजार ८९८ मतान्तरले पछाडि पार्दै श्रम संस्कृति पार्टी महासचिव समेत रहनुभएका आरेन निर्वाचित हुनुभएको हो ।

केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुङ्देका आरेनले १६ हजार ६१२ मत पाउँदा देवविक्रमले १२ हजार ७१४ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा हरि रोकाले नौ हजार ४४३, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुद्र गिरीले पाँच हजार ७०४ र राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवार मिरेश राईले ९४७ मत प्राप्त गर्नुभएको कार्यालयले जनाएको छ ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा)का राकेश राईले ३३७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक तामाङले ४७७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का चन्द्रबहादुर बुढाथोकीले १८२, जनता समाजवादी पार्टी (नेपाल)का सुनिल चाम्लिङले १११, मङ्गोल नेसनल अर्गनाइजेसनका प्रयाग राईले ३२, मितेरी पार्टी नेपालका केशरमान चाम्लिङले २६ र नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालले २६ मत प्राप्त गर्नुभएको छ ।

स्वतन्त्र उम्मेदवार डा राजकुमार राई २६ र तिलकचन्द्र राईले ४३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभएको छ । प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा कुल एक लाख ४७ हजार १२० मतदातामध्ये ६२ हजार ५६६ मत खसेको थियो ।

प्रत्यक्षतर्फ खसेको मतमध्ये तीन हजार ९२८ मत बदर भएको पाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रविन मगरले जानकारी दिनुभएको छ । प्रत्यक्षतर्फको गणना सकिएलगत्तै समानुपातिक मतसमेत गणना गर्न सुरु गरिएको छ ।

सिरहा–१ मा रास्वपाका गुप्ता निर्वाचित

गोलबजार (सिरहा), २४ फागुन : सिरहा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बब्लु गुप्ता प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको छ । उहाँले ४१ हजार ३३३ मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरी नौ हजार ७८४ मत ल्याउनुभयो । नेकपा (एमाले)का रामशङ्कर यादवले सात हजार ८६६ मत प्राप्त गर्नुभयो । यहाँ नेपाली कम्युनिस्ट पार्टीका रामचन्द्र यादवले दुई हजार ८५३ मत पाउँदा जसपा नेपालका सत्यनारायण यादवले दुई हजार २८५ मत पाएका छन् ।

नवनिर्वाचित सांसद गुप्ता निवर्तमान युवा तथा खेलकुदमन्त्री हुनुहुन्थ्यो ।

कञ्चनपुर–१ मा रास्वपाका धामी निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर), २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जनकसिंह धामी २४ हजार ३३२ मतसहित निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृत दामोदर घिमिरेका अनुसार धामीले १३ हजार २२२ मतले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का बिना मगरलाई पछि पार्दै विजयी हुनुभएको हो । उहाँले ११ हजार ११० मत प्राप्त गर्नुभयो ।

यस्तै नेपाली कांग्रेसका गोपीप्रसाद उपाध्यायले आठ हजार ४६७ मत प्राप्त गर्नुभयो । यस्तै, नेकपा (एमाले) का तारालामा तामाङले आठ हजार ८८ मत प्राप्त गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिल्लीबहादुर शाहीले एक हजार ५६० मत प्राप्त गर्नुभयो । यो क्षेत्रमा कुल एक लाख एक हजार ७२४ मतदाता रहेकामा ६१ हजार ७४ मत खसेको थियो ।
–––
दाङ–१ मा रास्वपाका पाठक निर्वाचित
दाङ, २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार देवराज पाठक ४२ हजार ६०२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका योगेन्द्र चौधरीले १५ हजार २८० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेकपा (एमाले) का उम्मेदवार रेवतीरमण शर्माले ६ हजार ८२५ मत तथा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मेटमणि चौधरीले चार हजार ९६५ मत प्राप्त गर्नुभयो । कुल मतदाता एक लाख ४० हजार एक रहेकामा ८० हजार ९२० मत खसेको थियो ।

सुनसरी–३ मा रास्वपाका चौधरी निर्वाचित

धरान (सुनसरी), २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अशोककुमार चौधरी विजयी हुनुभएको छ । सो क्षेत्रका निर्वाचन अधिकृत पदमबहादुर कार्कीका अनुसार उहाँ ४७ हजार ४२१ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

चौधरीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले २० हजार ५०१ मतमात्र प्राप्त गर्नुभयो । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) की भगवती चौधरीले १५ हजार ८३ मत, श्रम संस्कृति पार्टीका रामप्रसाद सदाले एक हजार ७८० र नेपाल कम्युनिष्ट पार्टीका दुर्गेशकुमार चौधरीले एक हजार ५५१ प्राप्त गर्नुभयो ।

उक्त क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । इटहरी उपमहानगरपालिका, गढी गाउँपालिका, इनरुवा, दुहबी, बर्जु गाउँपालिका गरी ३५ वडा समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख ३४ हजार ३०२ मतदातामध्ये ९५ हजार १८५ मत खसेको थियो ।

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

काठमाडौँ, २४ फागुनः रुकुमपश्चिममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार गोपाल शर्मा निर्वाचित हुनुभएको छ ।

निर्वाचन आयोगका अनुसार शर्मा २१ हजार ६०९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकतटम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत प्राप्त गर्नुभएको छ ।

यही फागुन २१ गते भएको निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले १४ हजार ३४६ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाहीले चार हजार ७६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, नेकपा (एमाले) का नन्दराम देवकोटाले एक हजार ८६९, नेकपा (माओवादी) का चन्द्रबहादुर बुढाले ३६६ मत प्राप्त गर्नुभएको छ । एउटामात्रै निर्वाचन क्षेत्र रहेको सो जिल्लामा एक लाख ६ हजार ६६९ मतदाता रहेका थिए । त्यसमा ५४ हजार २६३ पुरुष र ५२ हजार ३९६ महिला मतदाता रहेका थिए ।

इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित

फिक्कल (इलाम), २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार एमाले उम्मेदवार नेम्बाङले नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यलाई सात हजार ७७६ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो । नेम्बाङ २२ हजार ४२६ मतका साथ निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिष्पर्धी कांग्रेसका आचार्यले १४ हजार ६५० मत प्राप्त गर्नुभयो ।

यस्तै श्रम संस्कृति पार्टीका सुदिप राईले १४ हजार ४०० मत, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले सात हजार ८१४ मत तथा नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले एक हजार १७२ मत प्राप्त गर्नुभयो ।

प्रतिनिधिसभा सदस्यमा नेम्बाङको यो दोस्रो विजय हो । यसअघि २०८१ वैशाख १५ गते भएको उपनिर्वाचनमा नेम्बाङले यही क्षेत्रबाट कांग्रेसकै उम्मेदवार डम्बरबहादुर खड्कालाई पाँच हजार ८२० मतान्तरले पराजित गर्नुभएको थियो । नेम्बाङले २७ हजार ७७२ मत प्राप्त गरी निर्वाचित हुँदा खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभएको थियो ।

आचार्यको भने यो दोस्रो पराजय हो । यसअघि २०७० सालको संविधान सभा निर्वाचनमा आचार्य सुहाङकै बुबा सुवासचन्द्र नेम्बाङसँग दुई हजार १०२ मतले पराजित हुनुभएको थियो ।

यही फागुन २१ गते भएको निर्वाचनमा यो क्षेत्रमा कुल एक लाख १९ हजार ४८९ मतदातामध्ये ६७ हजार ६६४ मत खसेको थियो । यहाँ तीन हजार ८८३ मत बदर भएको छ । यहाँ विभिन्न १३ राजनीतिक दल र एक स्वतन्त्रसमेत गरी जम्मा १४ उम्मेदवार चुनावी प्रतिष्पर्धामा हुनुहुन्थ्यो ।

उदयपुर–२ मा रास्वपा विजयी

कटारी (उदयपुर), २४ फागुनः उदयपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सूर्यबहादुर लामा विजयी हुनुभएको छ ।

केहीबेर अघि सम्पन्न मत परिणामअनुसार रास्वापाका लामा १४ हजार ८०२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का अम्बरबहादुर रायमाझीले ७ हजार ६४८ मत ल्याउनुभयो । यसैगरी नेपाली कांग्रेसका रामकुमार राईले ७ हजार २१०, नेपाली कम्युनिष्ट पार्टीका सुरेशकुमार राईले ५हजार १९७ तथा श्रम संस्कृति पार्टीका बलराज राईले ४ हजार १३९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतले जानकारी दिनुभयो ।

रास्वपाको जिल्ला सचिवसमेत रहनुभएका लामाले यस क्षेत्रबाट पहिलो पटक सांसद पदमा विजयी हुनुभएको हो । उहाँ कटारी–७ मर्जेतपुरका बासिन्दा हुनुहुन्छ । एकचालिस वर्षीय लामा यसअघि पर्यटन विकास अभियन्ता हुनुहुन्थ्यो । उहाँ २०७९ असोजदेखि रास्वापामा सक्रिय हुनुहुन्छ ।

धनुषा–४ मा रास्वपाका महतो विजयी

धनुषाधाम, २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनुषा क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजकिशोर महतो विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृत पुरूषोत्तम खतिवडाका अनुसार रास्वपा उम्मेदवार महतो ४८ हजार २७० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले १५ हजार ८०९ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का रघुवीर महासेठले ११ हजार ५२९ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी ३७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । एक लाख २७ हजार ७७८ मतदाता रहेकामा ८३ हजार ९६७ मत खसेको थियो ।
सल्यानमा नेकपाका मल्ल विजयी
काठमाडौँ, २४ फागुनः प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल विजयी हुनुभएको छ ।

निर्वाचन आयोगका अनुसार मल्लले २३ हजार १८९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ललितबहादुर चन्दले २० हजार ९०४ र नेपाली कांग्रेसका केशबहादुर विष्टले १७ हजार ५५८ मत प्राप्त गर्नुभयो ।

यस्तै, नेकपा (एमाले) का गुलावजङ्ग शाहले १५ हजार ३७३ मत प्राप्त गर्नुभएको छ । जिल्लामा प्रमुख राजनीतिक दल र स्वतन्त्र गरी १४ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो । यहाँ कुल एक लाख ६२ हजार ४४४ मतदाता रहेका थिए ।
–––
झापा–२ मा रास्वपाकी रानामगर निर्वाचित

भद्रपुर (झापा), २४ फागुन : प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा रानामगर निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयलयका अनुसार उहाँले ६० हजार ११० मत प्राप्त गर्नुभएको छ ।

सो क्षेत्रमा उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवराज घिमिरेले ११ हजार ३६८ मत प्राप्त गर्नुभयो । यहाँ श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले सात हजार २९१, नेपाली कांग्रेसकी सरिता प्रसाईँले पाँच हजार ६१६, राष्ट्रिय प्रजातन्त्र पार्टीका भद्रप्रसाद नेपालले तीन हजार ९६६ मत प्राप्त गर्नुभयो ।

यस क्षेत्रमा कुल एक लाख ४७ हजार ५२२ मतदाता रहेकामा ९६ हजार ४३६ मत खसेको थियो । यस क्षेत्रमा १५ वटा राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवार गरी जम्मा १८ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।

सर्लाही–३ मा रास्वपाका साह विजयी
बरहथवा (सर्लाही), २४ फागुन : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र साह कलवार विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृत नवराज आचार्यका अनुसार उहाँले ४६ हजार ८९० मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नारायणकाजी श्रेष्ठले १३ हजार ३३८ मत प्राप्त गर्नुभयो । रास्वपाका साह यस क्षेत्रमा पनि मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता कायम गर्नु भएको थियो ।

नवनिर्वाचित साहले ३३ हजार ५५२ मतान्तरले विजयी हुनुभएको हो । निर्वाचन परिणाम अनुसार नेकपा (एमाले)का उम्मेदवार हरिप्रसाद उप्रेतीले पाँच हजार ७७६, नेपाली कांग्रेसका उम्मेदवार विनोद खनालले छ हजार ६२४ र उज्यालो नेपाल पार्टीका उम्मेदवार त्रिभुवनकुमार सिंहले दुई हजार ६२२ मत प्राप्त गर्नुभएको थियो । शुक्रबार बिहानबाट सुरु भएको मतगणना आज बिहान सम्पन्न भएको निर्वाचन अधिकृत आचार्यले जानकारी दिनुभयो ।

मोरङ–३ मा रास्वपाका कार्की विजयी

बेलबारी (मोरङ), २४ फागुन : मोरङका ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्की विजयी हुनुभएको छ ।

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणामअनुसार उहाँले ३६ हजार ९२४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस पार्टीका उम्मेदवार सुनिलकुमार शर्माले २४ हजार ३५४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले १६ हजार ५०९ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का उम्मेदवार इरन राईले सात हजार ७५२ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा एक लाख ५८ हजार ५७ कुल मतदाता रहेकामा ९६ हजार ६७७ मत खसेको थियो ।
–––

महोत्तरीका १ र २ मा रास्वपा निर्वाचित

महोेत्तरी, २४ फागुन : गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा यहाँका चार प्रतिनिधिसभा क्षेत्रमध्ये दुईको मतपरिणाम घोषणा भएको छ । महोत्तरीका १ र २ को सम्पन्न मतगणनाअनुसार दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी हुनुभएको छ ।

घोषित मतपरिणामअनुसार महोत्तरी–१ क्षेत्रबाट प्रमोदकुमार महतो विजयी हुनुभएको छ । महतो ३४ हजार ६३६ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । महतोका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका गिरीराजमणि पोखरेलले १२ हजार ६२४ मत प्राप्त गर्नुभएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १२ राजनीतिक दल र १३ स्वतन्त्रसमेत २५ उम्मेदवार रहनुभएको यो क्षेत्रमा नेकपा (एमाले)का लक्ष्मी महतो कोइरीले छ हजार ५९१ र नेपाली कांग्रेसका मुकेशराज काफ्लेले छ हजार २१३ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, महोत्तरी–२ को सम्पन्न मतगणनाअनुसार रास्वपाकै दीपककुमार साह ३२ हजार ७३२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका शरतसिंह भण्डारीले १० हजार १९८ र नेपाली कांग्रेसका किरण यादवले नौ हजार ७४५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

रौतहट–२ मा कांग्रेसका डा आलम निर्वाचित

चन्द्रपुर (रौतहट), २४ फागुन : रौतहट २ मा नेपाली कांग्रेसका डा मो फिरदोश आलम प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँले २९ हजार ५२८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सीताराम खड्काले जानकारी दिनुभयो ।

नव निर्वाचित डा आलका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४४२ मत प्राप्त गर्नुभएको छ ।

सो क्षेत्रको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शेख सगिरले नौ हजार ३२५ मत, जनता समाजवादी पार्टी, नेपालका रामअशिष राय यादवले दुई हजार ९६० मत ल्याएर चौथो र नेकपा (एमाले)का उम्मेदवार मोहम्मद अतिउल्लाहले दुई हजार ३८२ मत प्राप्त गर्नुभएको छ ।

उक्त क्षेत्रमा एक लाख आठ हजार ८७२ मतदाता रहेकामा ७१ हजार ५४६ जनाले मतदान गर्नुभएको थियो । यसमा ६६ हजार १४४ मत सदर र पाँच हजार ४०२ मत बदर भएको निर्वाचन अधिकृत खड्काले जानकारी दिनुभयो ।

पश्चिम नवलपरासी–१ मा रास्वपाका खनाल विजयी

नवलपुर (नवलपरासी), २४ फागुन : नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विक्रम खनाल प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ ।

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतगणनाअनुसार उहाँले ४५ हजार २४१ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । उहाँले नेपाली कांगे्रसका उम्मेदवार विनोदकुमार चौधरीलाई ३५ हजार ७३९ मतान्तरले पराजित गर्नुभएको हो ।

यस क्षेत्रमा कांगे्रसका चौधरीले नौ हजार ५०२ मत प्राप्त गर्नुभयो । नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद पाण्डेयले सात हजार ९५६ तथा जनता समाजवादी पार्टी नेपालका हृदयेश त्रिपाठीले सात हजार ८३२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पाल्पा–२ रास्वपाका थापा विजयी

तानसेन (पाल्पा), २४ फागुनः पाल्पा २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा माधवबहादुर थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनकोे अन्तिम मतपरिणामअनुसार उहाँले २६ हजार ७३६ मत प्राप्त गरेर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठले १२ हजार ९९२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय का प्रवक्ता सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दिनुभयो । त्यस्तै, नेकपा (एमाले)का ठाकुरप्रसाद गैरेले १० हजार ५०३, नेपाली कम्युनिष्ट पार्टीका सोमप्रसाद पाण्डेयले पाँच हजार २८८ र नेसनल रिपब्लिक नेपालका देवप्रसाद श्रेष्ठले ६९३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय का प्रवक्ता सहायक निर्वाचन अधिकृत पराजुलीले जानकारी दिनुभयो । यहाँ यसअघिको निर्वाचनमा एमालेका ठाकुर गैरे विजयी हुनुभएको थियो ।

दार्चुलामा एमालेका ठगुन्ना प्रतिनिधिसभा सदस्यमा निर्वाचित

खलङ्गा (दार्चुला), २४ फागुनः दार्जुलामा नेकपा (एमाले)का उम्मेदवार गणेशसिंह ठगुन्ना प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकोे छ । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार उहाँले १८ हजार ८९९ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित सांसद ठगुन्नाको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीले १५ हजार ८३६ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजेशसिंह सामन्तले आठ हजार ९३६ मत, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मण जोशीले तीन हजार ६५ मत प्राप्त गर्नुभएको छ ।

जिल्लामा यसपटक प्रतिनिधिसभा सदस्यका लागि ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार जिल्लामा कुल ९२ हजार ९४८ मतदाता रहेकामा ४३ हजार ८६० मत खसेको थियो । नव निर्वाचित सांसद उम्मेदवार ठगुन्नाले आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै ज्ल्लिाको विकास र जनताको हितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पर्सा–३ मा रास्वपाका चौरसिया निर्वाचित

वीरगन्ज (पर्सा), २४ फागुन : पर्सा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रामाकान्त चौरसिया प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम अनुसार उहाँले २९ हजार ६७९ मत प्राप्त गर्नुभएको थियो । निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठका अनुसार निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीले १६ हजार ३६६ मत ल्याउनुभयो । त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार रूपेशकुमार पाण्डेले ११ हजार ९१४ मत ल्याउनुभयो भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार छोटेलालप्रसाद यादवले दुई हजार १३७ मत ल्याउनुभयो ।

पर्सा–३ बाट २३ उम्मेदवारले उम्मेदवारी दिनुभएको छ । यहाँ नौ जना स्वतन्त्र उम्मेदवार र १४ जना दलीय उम्मेदवार हुनुहुन्छ । पर्सा–३ मा कुल मतदाता ९६ हजार ५४२ जनामध्ये प्रत्यक्षतर्फ ६७ हजार ५०४ मत खसेको छ ।
–––
सिरहा–४ मा रास्वपाका यादव विजयी

सिरहा, २४ फागुनः सिरहा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तपेश्वर यादव प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । यस क्षेत्रका मुख्य निर्वाचन अधिकृत शिव वाग्लेका अनुसार यादवले ३६ हजार २१० मत प्राप्त गरी विजयी हुनुभएको हो ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा यादवका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अजयशङ्कर नायकले सात हजार ९७२ मत प्राप्त गर्नभयो । यस्तै जनमत पार्टीका डा वीरेन्द्रप्रसाद महतोले पाँच हजार ४१ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का धर्मनाथ साह चार हजार २२७ मतसहित चौथो स्थानमा रहनुभयो ।

यस निर्वाचन क्षेत्रमा कुल एक लाख छ हजार ६८६ मतदातामध्ये ७० हजार ७७ मत खसेको थियो । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी जम्मा ३७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

पर्सा–४ मा रास्वपाका शाक्य निर्वाचित

वीरगन्ज (पर्सा), २४ फागुन : पर्सा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार टेकबहादुर शाक्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृत नुतन झाका अनुसार उहाँले २८ हजार छ मत ल्याएर विजयी हुनुभएको छ । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले १२ हजार ५३३ मत र नेकपा एमालेका उम्मेदवार जालिम मियाँ मन्सुरीले १२ हजार १४६ मत ल्याउनुभएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।

पर्सा–४ मा २३ जनाले उम्मेदवारी दिनुभएको थियो । यसमध्ये स्वतन्त्रतर्फ ११ जना र दलीय उम्मेदवारतर्फ १२ जना रहनुभएको छ । यस क्षेत्रमा कुल ९५ हजार २१३ मतदातामध्ये ६५ हजार ७२७ मत खसेको छ ।

पश्चिम नवलपरासी–२ मा रास्वपाका गुप्ता निर्वाचित

नवलपुर (नवलपरासी बर्दघाट–सुस्तापश्चिम), २४ फागुन : पश्चिम नवलपरासी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नरेन्द्रकुमार गुप्ता प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ ।

नवलपरासी–२ को अन्तिम मतगणनाअनुसार उहाँले ४४ हजार १३८ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । उहाँले नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर थापा क्षेत्रीलाई २८ हजार १९३ मतान्तरले पराजित गर्नुभएको हो ।

यस क्षेत्रमा नेपाली कांगे्रसका उम्मेदवार क्षेत्रीले १५ हजार ९४५ मत प्राप्त गर्नुभयो । यहाँ जनता समाजवादी पार्टी नेपालका उम्मेदवार देवेन्द्र यादवले सात हजार २१२ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधानले चार हजार ६९१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
–––
मकवानपुर–२ मा रास्वपाका उप्रेती विजयी

हेटौँडा (मकवानपुर), २४ फागुन : प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत मकवानपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रशान्त उप्रेती विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँले ३१ हजार ७२५ मतसहित निर्वाचित हुनुभएको हो । अन्तिम मतपरिणाम अनुसार नेकपा (एमाले)का उम्मेदवार महेशकुमार बर्तौलाले १९ हजार ६२४ मत, नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामाले १५ हजार ४२६ मत, नेपाली कम्युनिष्ट पार्टीका लवशेर विष्टले १२ हजार ७५४ मतमात्र प्राप्त गर्नुभएको छ ।

मनहरी गाउँपालिका–७ निवासी २५ वर्षीय उप्रेती पेसाले शिक्षक तथा होटल तथा पर्यटन व्यवसायी हुनुहुन्छ । मकवानपुरको दुई क्षेत्रमा कुल ५९ प्रतिशत मत खसेको थियो । मकवानपुर–२ मा दलीय र स्वतन्त्र गरी कुल २१ जनाको उम्मेदवारी परेको थियो ।

पाँचथरमा कांग्रेसका केरुङ विजयी
पाँचथर, २४ फागुन ः पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनाअनुसार उहाँ १७ हजार २३३ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका हस्तराज शेर्माले १४ हजार ७३४ मत प्राप्त गर्नुभयो । केरुङ श्रम संस्कृति पार्टीका शेर्माभन्दा दुई हजार ४९९ बढी मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।

यस्तै नेकपा (एमाले) अइन्द्रसुन्दर नेम्वाङले १४ हजार ५३४, नेपाली कम्युनिष्ट पार्टीका हर्कबहादुर नेम्बाङले ११ हजार ४४३, राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्रविक्रम थाम्सुहाङले चार हजार १९७, राष्ट्रिय परिवर्तन पार्टीका टेकबहादुर सुब्बाले दुई हजार ८२५ मत पाउनुभएको मुख्य निर्वाचनको अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका तेजकुमार कुरुम्बाङले ९२५, जनता समाजवादी पार्टी नेपालका मचिन्द्रप्रसाद बेघाले २४७, मङ्गोल नेसनल अर्गनाइजेसनका रामकुमार तुम्रोकले १६२, प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रकाश काफ्लेले ११५, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भानुभक्त फियाकले १८० र नेकपा (माओवादी)का विजय नेम्बाङले ९० नेपाल जनमुक्ति पार्टीका नरेन्द्रप्रसाद कुरुम्बाङले ६१ र नेपाल मजदुर किसान पार्टीका लछुमन तामाङले ३२ मत पाउनुभएको छ ।

जिल्लामा एक लाख ४३ हजार ४०८ मतदाता रहेकामा प्रत्यक्षतर्फ ७० हजार ८१८ मत खसेको मुख्य निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिनुभयो । यसमध्ये ६६ हजार ९२१ मत सदर हुँदा तीन हजार ८९७ मत बदर भएको छ ।

डोल्पामा नेकपाका बुढा विजयी

कर्णाली, २४ फागुन ः एकमात्र निर्वाचन क्षेत्र भएको डोल्पामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का धनबहादुर बुढा विजयी हुनुभएको छ । बुढाले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार लङ्कबहादुर रोकायलाई एक हजार ४०६ मतान्तरमा छ हजार ८०२ मत ल्याएर विजयी हुनुभएको हो । रोकायले पाँच हजार ३९६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत चन्द्रदेव भारतीले जानकारी दिनुभयो ।

त्यसैगरी, नेपाली कांग्रेसका कर्णबहादुर बुढाले दुई हजार ९४७ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवसिंह ऐडीले १८१ मत प्राप्त गर्नुभएको छ । डोल्पामा नौ दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । यहाँ २५ हजार पाँच कुल मतदाता सङ्ख्या रहेको यो निर्वाचन क्षेत्रमा १६ हजार ४३७ मत खसेको थियो ।

हुम्लामा कांग्रेसका रोकाया विजयी

सिमकोट (हुम्ला), २३ फागुनः प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया निर्वाचित हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका रोकाया आठ हजार ७९६ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका डा दिपेन्द्र रोकायाले सात हजार २४३ मत प्राप्त गर्नुभयो ।

यस्तै नेकपा (एमाले)का दल फडेराले चार हजार ३३१, रास्वपाका टासी ल्हाजोमले एक हजार, प्रलोपाका जटिल कार्कीले २४८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कुम्भ बुढाले १२८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढाले १२४ मत प्राप्त गर्नुभयो । हुम्लाका ६४ मतदान केन्द्रमा २२ हजार ४६७ मत खसेको थियो ।

धनकुटामा एमालेका राजेन्द्रकुमार राई विजयी
धनकुटा, २३ फागुनः प्रतिनिधिसभा सदस्यमा धनकुटाबाट नेकपा (एमाले) का राजेन्द्रकुमार राई विजयी हुनुभएको छ । उहाँले १८ हजार १३२ मत प्राप्त गर्नुभयो ।
विजयी राईका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत पाउनुभयो । यस्तै श्रम संस्कृति पार्टीका सानबहादुर राईले ११ हजार ९३२ मत तथा रास्वपाका दिनेश भण्डारीले नौ हजार ९४४ मत प्राप्त गर्नुभयो ।
विजयी राईलाई निर्वाचन अधिकृत हरिषचन्द्र इङ्नामले प्रमाणपत्र प्रदान गर्नुभयो । जिल्लामा कुल एक लाख १८ हजार ४२५ मतदाता रहेका छन् । निर्वाचनमा तीन स्वत्रन्त्र र १४ दलसहित १७ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्थ्यो ।
नवलपुर–१ मा रास्वपाका गौतम विजयी
त्रिवेणी (नवलपरासी), २३ फागुनः नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजन गौतम प्रतिनिधिसभा सदस्य पदमा विजयी हुनुभएको छ ।
आज सम्पन्न मतगणनाअनुसार रास्वपाका गौतम ५० हजार ९४५ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको नवलपुरका मुख्य निर्वाचन अधिकृत कमलप्रसाद ज्ञवालीले बताउनुभयो । उहाँले नेपाली कांगे्रसका बालकृष्ण घिमिरेलाई ३४ हजार ६५२ मतान्तरले पराजित गर्नुभएको हो ।
उक्त क्षेत्रमा नेपाली कांगे्रसका बालकृष्ण घिमिरेले १६ हजार २९३ मत प्राप्त गर्नुभयो । नेकपा (एमाले)का उम्मेदवार भागिरथ सापकोटाले नौ हजार १३१ मत प्राप्त गर्नुभयो । सो क्षेत्रमा कुल ८४ हजार ९८६  अर्थात् ६१.९९७ प्रतिशत मत खसेको थियो ।
महोत्तरी–२ मा रास्वपाका साह निर्वाचित
महोत्तरी, २३ फागुनः गत बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतगणना सम्पन्न हुँदा महोत्तरी क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका दीपककुमार साह निर्वाचित हुनुभएको छ ।
रास्वपाका साह ३२ हजार ७३२ मत प्राप्त गरी निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकारी माधवप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका शरतसिंह भण्डारीले १० हजार १९८ र नेपाली कांग्रेसका किरण यादवले नौ हजार ७४५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा विभिन्न दलका र स्वतन्त्रसमेत गरी ३७ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्थ्यो ।
कञ्चनपुर-३ मा रास्वपाका महता विजयी
दोधारा चाँदनी(कञ्चनपुर), २३ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्रसिंह महता २७ हजार ११८ मतसहित विजयी हुनुभएको छ । सहायक निर्वाचन अधिकृत ताराप्रसाद जोशीका अनुसार उहाँले १७ हजार ६७५ मतान्तरले नेपाली कांग्रेसका हरिप्रसाद बोहरालाई पछि पार्दै विजयी हुनुभएको हो ।
कांग्रेसका उम्मेदवार बोहराले नौ हजार ४४३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दीपकप्रकाश भट्टले सात हजार ५७५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मानबहादुर सुनारले चार हजार २८४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्णबहादुर चन्दले तीन हजार ९०२ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा एक लाख तीन हजार ८७ मतदाता रहेकामा ५८ हजार ३६१ मत खसेको थियो ।
सिरहा-२ मा रास्वपाका यादव निर्वाचित
सिरहा, २३ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शिवशङ्कर यादव विजयी हुनुभएको छ । यस क्षेत्रका निर्वाचन अधिकृत नवराज जोशीका अनुसार यादवले ३९ हजार ५६१ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामचन्द्र यादवले १२ हजार ८१४ मत मात्र प्राप्त गर्नुभयो । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नविन यादव छ हजार ७१३, जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार सञ्जीवकुमार यादवले तीन हजार ८७ मत मत प्राप्त गर्नुभयो ।
यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । अर्नमा, औरही, गोलबजार, धनगढीमाई, नवराजपुर, बरियारपट्टी, लक्ष्मीपुरपतारी र सुखीपुरका विभिन्न ४१ वडा समेटिएको यस निर्वाचन क्षेत्रमा कूल एक लाख १५ हजार ७५८ मतदाता रहेकामा ७३ हजार १७५ मत खसेको थियो ।
मोरङ-१ मा रास्वपाका न्यौपाने विजयी
बेलबारी (मोरङ), २३ फागुनः प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मोरङको निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार यज्ञमणि न्यौपाने विजयी हुनुभएको छ । मोरङ-१ को निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार न्यौपाने २७ हजार ३६७ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार शान्ति पाख्रिन लामाले १७ हजार ५२२ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर फागोले ११ हजार ९८६, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार घनश्याम खतिवडाले नौ हजार ८२३ मत प्राप्त गर्नुभएको छ । सो निर्वाचन क्षेत्रमा एक लाख २८ हजार ५४५ मतदाता रहेकामा ७७ हजा ५८५ मत खसेको थियो ।
चितवन-१ मा रास्वपाका ढकाल विजयी
चितवन, २३ फागुनः चितवनको निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरि ढकाल विजयी हुनुभएको छ । उहाँ ५८ हजार २०८ मतसहित विजयी हुनुभएको हो ।
उहाँका निटकतम प्रतिस्पर्धी नेपाली कांग्रेका राजेन्द्रप्रसाद बुर्लाकोटीले १३ हजार ३३ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का दावादोर्जे लामाले १० हजार ८९९, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार कृष्ण पन्तले चार हजार ८१ मत प्राप्त गर्नुभएको छ । ढकाल यसअघि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।
यस क्षेत्रमा एक लाख ४९ हजार ६४१ मतदातामध्ये ९६ हजार १५४ मत खसेको थियो ।
पाल्पा-१ मा कांग्रेसका राना निर्वाचित
तानसेन (पाल्पा), २३ फागुनः पाल्पाको निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका सन्दीप राना विजयी हुनुभएको हो । उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार नारायणप्रसाद आचार्यलाई पराजित गर्दै विजयी हुनुभएको हो ।
उहाँले १८ हजार ३३६ मत प्राप्त गर्दा एमालेका आचार्यले आचार्यले १६ हजार ८१९ मत प्राप्त गर्नुभयो । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विमल पन्तले १४ हजार ३३३ मत प्राप्त गर्नुभयो ।
नवलपुर-१ मा रास्वपाका गौतम निर्वाचित
नवलपुर (नवलपरासी), २३ फागुनः नवलपरासी (बर्दघाट-सुस्तापूर्व) निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजन गौतम निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँ ५० हजार ९४५ मतसहित निर्वाचित हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले १६ हजार २९३ मत प्राप्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का भागिरथ सापकोटाले नौ हजार १३१ र श्रम संस्कृति पार्टीका भीमचन्द्र गुरुङले एक हजार ७०२ मत प्राप्त गर्नुभयो ।

–––

Share Now