Prakash Adhikari September 14, 2018

 

सानफ्रान्सिस्को(संयुक्त राज्य अमेरिका), २८ भदौ । सानफ्रानसिस्को बे एरियामा लामो समयदेखि बसोबास गर्दै आएका नेपाली युवा सन्जित भट्टले बुधवार राती समुन्द्रको पुलबात हामफालेर आत्महत्या गरेका छन् । भट्टको शव प्रहरीले राती दुई बजे समुन्द्र तटमा फेला परेको छ । उनको शवको पोस्टमार्टम समेत भइसकेको छ ।

परिवार स्रोतका अनुसार भट्टले बुधवार राती साढे आठ बजे घरमा आमाले बनाएको खाना खाए । मिठो खाना बनाएकोमा आमालाई धन्यवाद समेत दिए । उनी आफ्नो कोठामा पसेको केही समय पछि गाडीको साँचो लिएर बाहिर निस्किए । उनले आमालाई काममा हिँडेको बताएका थिए ।

उनी उवर चालक र विद्यार्थी पनि हुन । बुधवार पनि बिहान देखि उबर चलाएर साँझ मात्र घर फर्किएका थिए । भट्ट घरबाट निस्किएको केही समय पछि उनका रुम पार्टनर घरमा आइपुगे । रुममा भट्टले लेखेको सुसाइड नोट भेट्नसाथ परिवारका सदस्यलाई जानकारी गराए ।
‘आफू जीवन देखि दिक्क भएको र गोल्डेनगेट व्रिजवाट प्रशान्त महासागरमा हाम फाल्न हिँडेको” सुसाइड नोटमा लेखेका छन् । परिवारका सदस्यहरूले तत्कालै उनलाई फोनमा सम्पर्क गर्न प्रयास गरे । फोन उठेन । त्यस पछि प्रहरीलाई जानकारी गराइयो । प्रहरीले राती दुई बजे उनको शव सानराफेलको पुल नजिक भेटिएको परिवारलाई जानकारी दियो । उनले घर नजिकैको सानराफेलको पुलबाट समुद्रमा फालहानेको अनुमान छ । सधैँ व्यस्त रहने त्यो पुलमा राती नौ बजे एक युवकले हाम फाल्दै गरेको देखेपछि एक जना ड्राइभरले प्रहरीलाई खबर गरेका थिए । तर तत्काल उनलाई प्रहरीले फेला पार्न सकेन । राती दुई बजे उनको शव समुन्द्र तटमा फेला प¥यो ।

क्यालिफोर्निया सान पाब्लो बस्दै आएका नवलपरासी परासी बजारका कृष्ण भट्टका उनी कान्छा छोरा हुन् । उनका दुई दाइ र एक जना दिदी छन् । कन्ट्राकोष्टा काउन्टिको सामुदायिक कलेजबाट अध्ययन पुरा गरी थप अध्ययनका लागि सानफ्रानसिस्को स्टेट युनिभर्सिटीमा भर्ना गर्ने तयारी समेत गरिरहेका थिए ।

Share Now

Leave a comment.