काठमाडौं, ३ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीको बालेन सरकार पुलिस लगाएर पुराना राजनीतिक दलका नेताहरु तर्साउने खेलमा लागेको छ । सरकारले कांग्रेस, एमाले र माओवादी पार्टीबाट प्रधानमन्त्री बनेका तीनजना नेताहरुको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाएको छ । यसको जिम्मेवारी अख्तियार जस्तो संवैधानिक निकायलाई नदिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई दिइएको छ ।
बालेन सरकारले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को सम्पत्ति छानबिनको प्रक्रिया अघि बढाएको हो ।
सम्पत्ति शुद्धीकरण विभागले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्राचार गरेपछि सीआईबीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रहरी विभाग अन्तरगत पर्दछ । जुन गृहमन्त्रालयको मातहत छ । गृह मन्त्रालयको जिम्मेवारी बालेन्द्र शाहले सुधन गुरुड.लाई सुम्पनुभएको छ ।
सुधन गुरुड. नेपाली कांग्रेस र एमालेका नेताहरुप्रति कति पूर्वाग्रह राखेर काम गर्नुहुन्छ भन्ने कुरा दोस्रो दिनमा नै देखिइहालेको छ , पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको प्रकाउ प्रकरणबाट ।
विभागकै पत्राचारअनुसार आइतबार कांग्रेस नेता तथा पूर्वउर्जा मन्त्री दीपक खड्का पक्राउ परिसक्नुभएको छ।
‘विभागको पत्रअनुसार हामीले उहाँलाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि पक्राउ गरेका हौं,’ सीआईबीका एआईजी डा. मनोज केसीले सञ्चारकर्मीहरुलाई बताउनुभएको छ ।


















