Prakash Adhikari April 27, 2026

काठमाडौं, १४ बैशाख । नेपाली कांग्रेसको संसदीय दलको नेतामा भिष्मराज आड.दम्बे सर्वसम्मत हुनेहुने लगभग निश्चित भएको छ । केन्द्रीय कार्यसम्पादन समितिकी सोमबार बसेको बैठकमा आङदेम्बेलाई संसदीय दलको नेता बनाउने सहमति भएको छ।

बैठकमा सभापति गगन थापाले आङदेम्बेलाई सर्वसम्मत रुपमा दलको नेता बनाउने प्रस्ताव राख्नुभएको थियो। त्यो प्रस्तावमा सबैले सहमति जनाएका थिए ।

संसदीय दलको नेता भने संसदीय दलको बैठकले छान्ने छ।

कार्यसम्पादन समितिको बैठक लगत्तै संसदीय दलको नेता छान्न सिंहदरबारमा संसदीय दलको बैठक बस्ने भएको छ।

बैठकले आङ्देम्बेलाई दलको नेता चयन गर्ने छ ।

संसदीय दलको नेतामा सांसद भीष्मराज आड.दम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्यले दाबी गर्दै आउनुभएको थियो।

केसी र आङदेम्वे समानुपातिक तथा आचार्य प्रत्यक्ष निर्वाचित सासद हुनुहुन्छ।

६१ वर्षीय आङ्‌देम्बेले २०४२ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर दुई कार्यकाल केन्द्रीय सदस्यको रुपमा काम गरिसक्नुभएको छ। उहाँ २०५४ मा नेपाल तरुण दलको उपाध्यक्ष हुनुहुन्थ्यो ।

२०५६ को प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका आङ्‌देम्बे २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पाँचथर २ बाट निर्वाचित हुनुभएको थियो। २०७४, २०७९ को निर्वाचनमा पराजय ब्यहोर्नुभएका उहाँ १४ औं महाधिवेशनबाट पार्टीको सहमहामन्त्री निर्वाचित हुनुभएको थियो ।

Share Now