काठमाडौँ,१६ बैशाख । नेपाली कांग्रेसका संसदीय दलका सर्वसम्मत नेता भीष्मराज आड.देम्बेले संसदीय मोर्चा राम्रोसंग सम्हाल्ने संकेत दिनुभएको छ ।
उहाँकै अग्रसरतामा आज नेपाली कांग्रेस संसदीय दलले विपक्षी दलहरूको बैठक बोलाएको छ ।
बेठक बुधबार मध्याह्न १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा हुने भएको छ ।
बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेतालाई बोलाइएको छ ।
बैठकमा संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको कदमको साथै
असंवैधानिक तवरबाट विघटन गरिएको प्रतिनिधि सभामा रहेका विचाराधीन विधेयकका बारेमा साझा धारणा बनाउनुका अतिरिक्त आसन्न बजेट अधिवेशनमा उठाउनु पर्ने मुद्दाहरुको बारेमा पनि छलफल हुने बताइन्छ ।


















