Prakash Adhikari May 8, 2026

काठमाडौं, २५ बैशाख । आईसीसी विश्वकप लिग २ छनोट चरण अन्तरगतका खेल खेल्न आएको पाहुना टिम अमेरिकासंग आज नेपाल ए टोलीले अभ्यास खेल खेल्दै छ ।

यस श्रृखलाका पाहुना टोली स्कटल्याण्ड र अमेरिका मध्ये आज दोस्रो अभ्यास खेल अमेरिकासंग हुने भएको हो । खेल नेपाली समय अनुसार बिहान ९ः३० बजो मूलपानी क्रिकेट मैदानमा हुने भएको छ ।

हिजो भएको पहिलो अभ्यास खेलमा नेपालले स्कटल्याण्डलाई ४५ रनले पराजित गरेको थियो।

देव खनालको अर्धशतकमा नेपाल ‘ए’ ले स्कटल्यान्डलाई एक दिवसीय सिरिजको पहिलो खेलमा ४५ रनले पराजित गरेको हो ।

हिजो जितको लागि २ सय ७८ रनको विजय लक्ष्य पछाएको स्कटल्यान्ड ४८.२ ओभरमा अल आउट हुँदै २ सय ३२ रनमा समेटियो।

अर्को साता सुरु हुने आइसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि स्कटल्याण्ड र अमेरिका नेपाल भ्रमणमा छन् । लिग टुमा अमेरिका शीर्ष र स्कटल्याण्ड दोस्रो स्थानमा छ।

Share Now