काठमाडौं,२८ बैशाख। काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ।
आगामी ८ देखि १५ जेठसम्म हुने यस प्रतियोगितामा विभिन्न ८ राष्ट्रका टोलीको सहभागिता रहने छ । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् को कभर्डहलमा हुनेछ।
नेपाल भलिबल संघले आइतबार सोही प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ।
यसपटकको प्रतियोगितामा उज्बेकिस्तान, किर्गिस्तान, ताजकिस्तान, कजाखस्तान, भारत, माल्दिभ्स, श्रीलंका र नेपालले सहभागिता जनाउँदै छन्।
अघिल्लो संस्करण नेपालमै आयोजना हुने तय भए पनि ८-९ सेप्टेम्बरमा भएको जेन-जी आन्दोलनका कारण प्रतियोगिता ताजकिस्तानमा सारिएको थियो, जसमा नेपालले सहभागिता जनाएन।
अघिल्लो बर्ष ताजिकिस्तान सरेको प्रतियोगिता यस बर्ष नेपालमा फर्किन लागेको छ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। यो समूहमा नेपालसहित कीर्गिस्तान, भारत र माल्दिभ्स छन्। यस्तै, अर्को समूहमा इरान, कजाखस्तान, श्रीलंका र बंगलादेश छन्।
नेपालले पहिलो खेल ८ जेठमा भारतसँग खेल्नेछ। त्यही दिन कीर्गिस्तान र माल्दिभ्स तथा इरान र बंगलादेश पनि भिड्नेछन्। दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। फाइनल खेल १५ जेठमा हुनेछ।
प्रतियोगिताको बजेट २ करोड ५० लाख अनुमानित रहेको संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिनुभएको छ। त्यसमा नेपाल सरकारको १ करोड र काठमाडौं महानगरपालिकाले ३० लाख सहयोग गर्नेछ।


















