मूलपानी(काठमाडौं), २८ बैशाख । आईसीसी विश्वकप लिग २ अन्तरगत नेपाल श्रृखला खेल्न आएको पाहुना टोलीसंगको अभ्यास खेलमा नेपाल ए ले पाहुना टोलीलाई २ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मूलपानीस्थित क्रिकेट मैदानमा भएको खेलमा टस जितेर अमेरिकाले फिल्डिड. रोजेपछि नेपालले ब्याटिड. सुरु गरेको थियो । निर्धारित ५०ओभरको खेलमा ४९.५ ओभरमा अल आउट हुँदै नेपालले २ सय ६४ रनको योगफल जुटाएको छ ।
नेपालका लागि आज सन्दीप जोराले शतकीय योगदान गरे । उनले ९ चौका र ४ छक्काको मद्दले १ सय १५ बलमा १ सय ११ रन बनाए । तर टिमका अन्य खेलाडीले अर्धशतक पनि कटाउन नसक्दा नेपाल ठुलो योगफल बनाउन असमर्थ रह्यो । नेपालका लागि बसिर अहमदले ३८ रन, मयक यादवले २४ रन, पवन सर्राफले २० रन, नारायण जोशीले १६, तृत दास, अनिल साह, दीपक डुम्रे र रसिद खानले ९।९ रन , कुशल मल्लले ८ र विपिन खत्रीले १ रनको योगदान दिए ।नेपालले १० रन अतिरिक्त जोड्यो । २ सय ६४ रनमा अल आउट भयो ।


















