काठमाडौं,३० बैशाख । बुधबार नेपालको शेयर बजार घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार घटेर बन्द भएको धितोपत्र बजार परिसूचकले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
यस दिन धितोपत्र बजार परिसूचक ४.१५ अंक घटेर २७४०.२५ विन्दुमा झरेको छ।
धितोपत्र बजार परिसूचकसँगै यस दिन कारोबार रकम पनि घटेको छ। बुधबार ४ अर्ब ६६ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ३९ स्टकको ५६ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ८० करोड ७४ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन एशियन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ११.४२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन एसवाई प्यानल नेपालको शेयरमूल्य साढे ४ प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर साढे ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ११.१७ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन झापा इनर्जीको शेयरमूल्य करिब साढे ९ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड ७९ लाख ४६ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिडी पावर कम्पनीको करिब १० करोड रुपैयाँको शेयर किनबेच भएको छ भने साहस उर्जाको कारोबार रकम साढे ९ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक घटेको छ भने दुई उपसमूहको परिसूचक बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.५० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य अंक घटेको छ।


















