Prakash Adhikari May 19, 2026

काठमाडौं, ५ जेठ । संसदीय सुनुवाईको बैठकले प्रधानन्यायाधीशमा डा मनोजकुमार शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

मंगलबार बसेको संसदीय सुनवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो । समितिले मंगलबार नै सुनुवाइ गरेको हो ।

सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन गरेको हो ।

समितिबाट नाम अनुमोदन भएपछि संसद् सचिवालयले राष्ट्रपति कार्यालयमा त्यसको जानकारी पठाउँछ । त्यसपछि राष्ट्रपतिबाट उहाँलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा औपचारिक नियुक्ति गरिने छ ।

न्याय परिषद्ले प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्मा सिफारिस गरेका ६ जना मध्येबाट परिषद्ले हाल सर्वोच्च अदालतमा चौथो वरीयतामा रहनुभएका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो ।

संवैधानिक परिषद्ले विगतको वरिष्ठताक्रमको परम्परा मिच्दै शर्माको नाम सिफारिस गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै नेपाल बार लगायतका न्याय क्षेत्रबाटै परम्परा मिचिएकोले न्यायिक विचलन आउने संशयसहित विरोध पनि गरिरहेका छन् ।

 

Share Now