Prakash Adhikari November 17, 2017

हरारे(जिम्बाबे), १ मंसिर (बीबीसी) । लामो समय सत्तामा रहेका जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगाबेले तत्कालै पदबाट राजीनामा दिन अस्वीकार गरिरहेको विवरण आएका छन्।

उत्तराधिकारी चयन सम्बन्धी विवादमाझ जिम्बाब्वेको सेनाले उनलाई नजरबन्दमा राखेको छ।

९३ वर्षीय मुगाबेलाई बुधवार सत्ता हातमा लिएको सेनाले नजरबन्दमा राखेको हो।

क्षेत्रीय दूतहरु र सेनाप्रमुखसँग भएको मुगाबेको वार्ताबारे अहिलेसम्म केही पनि खुलाइएको छैन।

प्रतिक्रिया

तर मुगाबेले उनीहरुसँग भेटघाट गरिरहेको तस्वीर सार्वजनिक गरिएको छ।

तस्वीरमा मुगाबे मुस्कुराइरहेका देखिन्छन्।

तर श्रोतहरुका अनुसार उनी अहिलेसम्म पद छाड्न तयार भएका छैनन्।

विपक्षी नेता मोर्गन चाङगराइले मुगाबेले तत्कालै राजीनामा दिनु जिम्बाब्वेका जनताको हितमा रहेको प्रतिक्रिया दिएका छन्।

बीबीसीका अफ्रिका संवाददाता भन्छन् सेनाले देशमा नियन्त्रण कायम गरे पनि राष्ट्रपति शान्त जस्तो देखिन्छन्।
केही विवरणहरुमा उनले राजीनामा दिन अस्वीकार गरिरहेको जनाइएको छ।

मुगाबे, जिम्बाब्वे, सैन्य कुतस्वीर कपीराइटश्क्ष्ःद्यब्द्यध्भ् ज्भ्च्ब्ीम्

सङ्केत

तर उनको बहिर्गमनका लागि एउटा सहमति कायम गर्ने दिशामा प्रगति भइरहेको चर्चा पनि चलिरहेको छ।

मनाङगाग्वाले विस्थापित गर्न सक्ने र विपक्षी नेता मोर्गन चाङगीराईले प्रधानमन्त्री बन्न सक्ने पनि सङ्केत गरिरहेका छन्।

अघिल्लो हप्ता मुगाबेले देशका उपरराष्ट्रपति मनाङगाग्वालाई बर्खास्त गर्दै आफ्नी पत्नी ग्रेस मुगाबेलाई उनको दल जानु पिएफको नेता हुँदै राष्ट्रपतिसम्म बनाउने सङ्केत दिएपछि जिम्बाब्वेको सेनाले हस्तक्षेप गरेको हो।

जिम्बाब्वेबाट बीबीसीका एन्ड्र्यु हार्डिङ भन्छन्, यदि राजीनामा दिन मुगाबेले माने भने उनको कदमले सेनाको नाटकीय हस्तक्षेपलाई वैध बनाउन मद्दत पुर्याउनेछ।

शहरमा मुगाबे सत्तामा रहिरहुन् भन्ने चाहना राख्ने मानिसहरु भेट्न कठिन छ।

तर उनको वहिर्गमन र सत्ता हस्तान्तरणको अवधिसम्मको अल्पकालीन व्यवस्थामा सहमति कायम गर्न केही समय लाग्नसक्ने देखिन्छ।

Share Now

Leave a comment.