Prakash Adhikari September 23, 2018

 

टोकियो (जापान), ६ असोज  । जापानकालागि नेपाली राजदूत प्रतिभा राणाले तीनै तहको चुनाव सम्पन्नभएर नयाँ सरकार गठनभएसँगै नेपालमा राजनीतिक स्थायित्व स्थापित भएकाले नेपालमा लगानी गरेर लाभ लिन जापानी लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।

संविधान दिवस २०७५ को उपलक्ष्यमा टोकियोमा दुतावासले आयोजना गरेको कार्यक्रममा जापानी सरकारका प्रतिनिधि, उद्योगी÷व्यापारी तथा विभिन्न पेशा र व्यवशासयमा संलग्न नेपाली समुदायका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहको थियो ।

कार्यक्रममा राजदुत राणाले व्यापक सहभागितामा समावेशी, संघीयता सहितको पूर्ण लोकतान्त्रिक संविधान जारी भएकाले संविधान दिवस नेपालीको इतिहासमा निकै महत्वपूर्ण भएको बताउनुभयो ।

उहाँले राजनीतिक स्थीरता, विदेशी लगानीमैत्री नीति एवं भौगोलिक अवस्थिति आदि कारणले विदेशी लगानाीकालागि नेपाल उपयुक्त मुलुक भएकाले जापानी लगानीकर्तालाई लगानीकालागि आउन आग्रह गर्नुभएको थियो ।

नेपालको प्राकृतिक सुन्दरता, २०२०लाई भिजिट नेपाल बर्ष बनाउने सरकारको घोषणा र निकट भविष्यमै नेपाल र जापानबीच सिधा हवाई सेवाका विषयमा चर्चा गर्दै नेपालमा लगानीको लागि नेपाल जापान संसदीय मैत्री लिगका सदस्यहरुले भुमिका खेल्न उनले आग्रह गर्नुभयो ।


कार्यक्रमका प्रमुख अतिथि जापानी विदेश उपमन्त्री आईवा मोरीले नेपालमा तीनै तहको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएर लोकतन्त्रको उच्चतम अभ्यास भएको बताउनुभएको थियो । उहाँले नेपालमो चुनावमा जापान सरकारले पनि पर्यवक्षण गरेको स्मरण गर्दै नेपालमा लोकतन्त्र सुदृणीकरणकालागि जापान सरकारले पनि सहयोग गरेको बताउँनु भयो ।

उहाँले नेपाल र जापानबीच अत्यान्त वलियो आर्थिक, सामाजिक तथा सास्कृतिक सम्बन्ध रहेको चर्चा गर्दै आगामी दिनमा झन प्रागाढ बन्ने विश्वास व्यक्तगनुभयो । नेपाल जाने जापानी पर्यटकहरुको संख्या बढ्दो क्रममा रहेको बताउदै मोरीले सिधै हवाई सेवा सुरु भएपछि थप बढ्ने पनि बताउनु भयो ।

संविधान दिवसको अवसरमा दूतावासले असोज २, ३ र ४ गते दिपावली गरेको थियो भने ४ गते जापान टाईम्स र जापान न्युजपत्रिकामा राष्ट्रिय दिवस विषेशांक प्रकाशन गरेको थियो ।

Share Now

Leave a comment.