Prakash Adhikari September 25, 2018

काठमाडौं, ९ असोज । शेयर बजार मंगलबार उच्च स्तरको सुधार देखिएको छ । नेप्से परिसूचक एकै दिन २२ अंकले बढेको छ भने कारोबार पनि एक अर्ब नाघेको छ ।

अधिकांश कम्पनीहरुको शेयर मूल्य बढेको छ ।

कम्पनीहरुले गत आर्थिक बर्षको लाभांश घोषणा गर्ने समय आएकोले लगानीकर्ताहरु नाफा बुक गर्न लाग्दा कारोबार उच्च भएको हो ।

मंगलबार नेप्से २२.३७ अंकले बढेर १२८०.०५ बिन्दुमा उक्लिएको छ भने कारोबार रकम एक अर्ब ८ करोड नाघेको छ ।
यो कारोबार रकम आइतबारको भन्दा ३१ करोडले बढी हो ।
आज १ सय ७३ कम्पनीको ४२ लाख ४२ हजार कित्ता शेयर किनबेच भयो । जसमा वाणिज्य बैंकहरुको मात्रै ७७ करोड बढीको शेयर किनबेच भएको छ ।

बैंक तथा बित्तीय संस्थाहरुले मार्जिन कर्जालाई सहज बनाएकोले पनि लगानीकर्ताहरुले खुलेर लगानी गर्न पाएका हुन ।

मंगलबार नेप्सेमा निर्जीवन बिमा ४९ दशमलव १९, विकास बैंक ३७ दशमलव ३१, जीवन बिमा ३७ दशमलव ३६ र वाणिज्य बैंक २९ दशमलव १ अंकले बढेको थियो ।

केही साता यता सुधारउन्मुख रहेको शेयर बजार मंगलबार उच्च अंकले बढ्दा कारोबार रकम समेत एक अर्ब नाघेको छ । अधिकांश कम्पनीहरुको शेयर मूल्य बढेको बजारमा सूचकसँगै कारोबार रकम समेत अर्ब नाघ्दा लगानीकर्तामा उत्साह जागेको छ ।

विस्तारै बढेको बजारमा लगानीकर्ताको आर्कषण वाणिज्य बैंकहरुमा देखिएको छ भने यसै समूहको उच्च कारोबार समेत भएको छ । अहिलेसम्म गतबर्षको लाभांश घोषणा नगरेका वाणिज्य बैंकहरुप्रति लगानीकर्ताको ध्यान खिचिएको छ ।

लगानीकर्ताले बैंकहरुले दिने प्रतिफल र आगामी दिनमा गर्न सक्ने प्रगतिको आँकलन गरेर लगानी गरेको विश्लेषण गरिएको छ । साथै ठूला र संस्थागत लगानीकर्ताले समेत बजारमा विस्तारै लगानी बढाउन थालेपछि कारोबारमा उच्च सुधार आएको हो ।

मंगलबार नेप्से २२।३७ अंकले बढेर १२८०।०५ बिन्दुमा उक्लिएको छ भने कारोबार रकम एक अर्ब ८ करोड नाघेको छ । जुन आइतबारको कारोबार रकमभन्दा ३१ करोडले बढी हो । यसदिन १७३ कम्पनीको ४२ लाख ४२ हजार कित्ता शेयर किनबेच भयो । जसमा वाणिज्य बैंकहरुको मात्रै ७७ करोड बढीको शेयर किनबेच भएको छ ।

बैंक तथा बित्तीय संस्थाहरुले मार्जिन कर्जालाई सहज बनाएपछि लगानीकर्तामा थप उत्साह जागेको हो । बजार बढ्दा मार्जिन कलको त्रास समेत सकिएको छ । ब्याजदर घट्ने आश पनि लगानीकर्तामा उत्तिकै छ ।

मंगलबार नेप्सेमा कारोबार भएका समूहमध्ये १० समूहमा सुधार आएपछि नेप्सेमा उछाल आएको हो । सबैभन्दा बढी निर्जीवन बिमा ४९ दशमलव १९, विकास बैंक ३७ दशमलव ३१, जीवन बिमा ३७ दशमलव ३६ र वाणिज्य बैंक २९ दशमलव १ अंकले बढेपछि बजारमा उछाल आएको हो । यसदिन अन्य समूहमा भने १ दशमलव ४६ अंकको सामान्य गिरावट आएको छ ।v

Share Now

Leave a comment.